News Category 2071/10/26

सुपारीसहित मोटरसाइकल प्रहरी नियन्त्रणमा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २५ माघ ।
सप्तरीको छिन्नमस्ता गाविस ७ मोहनपुर टोलस्थित मुतनी खोला नजिकबाट ईलाका प्रहरी कार्यालय सखडाले सुपारीसहित मोटरसाइकल नियन्त्रणमा लिएको छ ।  
स.३ प १११० नम्बरको सुपर स्पेलेन्डर मोटरसाईकलमा लगिदै गरेको १ सय ७० किलो सुपारीसहित मोटरसाईकल नियन्त्रणमा लिएको हो । 
नेपालबाट अवैध रुपमा चोरी तस्करी गरी भारततर्फ निकासी गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय सखडाको टोलीले उक्त समान नियन्त्रणमा  लिएको जनाएको छ । 
करिब १ लाख ५० हजार मुल्य बराबरको उक्त सुपारी र मोटरसाईकललाई आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठी बेल्हीमा बुझाएको प्रहरीले जनाएको छ । 
यसैबिच उक्त सुपारी छिन्नमस्ता गाविस ७ स्थित मोहनपुरबाट प्रहरीले पक्राउ नगरी रामपुरा टोलबाट पक्राउ गरेको श्रोतको दाबी गरेको छ । श्रोतका अनुसार प्रहरीले सुपारी तस्कर र एउटा मोटरसाईकललाई प्रहरीले छाडिएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट