News Category 2071/10/28

दिल्लीमा केजरिवालले रचे इतिहास ७० मध्ये ६७ सीटमा बिजयी भई आपको एकलौटी बहुमत

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २७ माघ । 
भारतको राजधानीे नयाँ दिल्ली राज्यमा सम्पन्न विधानसभाको निर्वाचनमा अरबिन्द केजरिवाल संयोजक रहेका आम आदमी पार्टी (आप)ले ७० मध्ये ६७ स्थानमा बिजयी हासिल गरि इतिहास रचेको छ ।
आज सम्मको भारतको इतिहासमा यस्तो चुनावी परिणाम कहिले नआएको भारतीय विभिन्न संचारमाध्यमहरुले जनाएको छ । 
यता भारतीय जनता पार्टीले तीन स्थानमा मात्र बिजयी भई चित्त बुझाएको छ भने भारतीय काँग्रस पार्टीले एउटा पनि स्थानमा बिजयी हुन सकेन् । यो काँग्रेसको इतिहासमै सबैभन्दा लाजमर्दो मत परिणाम हो भने भारतीय जनता पार्टीको विगत ९ महिनायताको बिजय यात्रा दिल्लीमा टुङ्गिएको छ ।  
भारतीय जनता पार्टीले नयाँ दिल्ली राज्यको मुख्यमन्त्रीका रुपमा अघि सारेकी उम्मेदवार किरण वेदीले भने निर्वाचनमा पराजय भोग्नुपरेको छ । नयाँ दिल्ली राज्यको कृष्णा नगरबाट निर्वाचनमा उठेकी उहाँले निर्वाचनमा पराजय भोग्नुभएको भारतीय टेलिभिजनले जनाएका छन् । 
मङ्गलबार सम्पन्न मतगणनामा सो पार्टीले अनपेक्षित धेरै स्थानमा जित हासिल गरि एकलौटी रुपमा बहुमत ल्याएको हो । 
यसअघि प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टीको भने त्यहाँको निर्वाचनमा लज्जास्पद अवस्था रहेको पाइएको छ । सो दलले सुरुमा जम्मा १२ भन्दा कमै स्थानमा अग्रता कायम गरेको थियो ।
अर्कातर्फ भारतको हालको सत्तारुढ दल भारतीय काँग्रेसले भने सुरुदेखी ४ स्थानमा अग्रता कायम गरेपनि पछि गएर प्राय तेश्रो स्थानमा चित्त बुझाउन परेको छ । यस निर्वाचनलाई भारतीय जनताले नयाँ र अनपेक्षित परिणाम भनी निकै चाखपूर्ण रुपमा हेरेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । 
भारतमा भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा चिनिने अरविन्द केजरीवालले आम आदमी पार्टीको नेतृत्व गरिरहनुभएको छ । उहाँले भारतमा सूचना हकको प्रयोगगरी भ्रष्टाचार निवारणको अभियान सञ्चालन गर्नुभएको थियो ।  
उहाँ यसअघिको निर्वाचनमा पनि नयाँ दिल्लीको मुख्यमन्त्री भइसक्नुभएको थियो । गत निर्वाचनमा ठूलो पार्टीका रुपमा उहाँले सरकार गठन गर्नुभएको भएपनि पछि उहाँले ४९ दिनमा नै राजिनामा दिनुभएको थियो । 
त्यस समयमा उहाँलाई अर्काे विपक्षी पार्टीले सरकार निर्माणका लागि समर्थन गरेको थियो । तर यसपटक भने उहाँले अब आफैँ सरकार निर्माण गर्नसक्नेगरी प्रचण्ड बहुमत प्राप्त भएको छ । 
करिब एकवर्ष मात्र अघि भएको विधान सभाको निर्वाचनमा भारतीय जनता पार्टीले ३१ स्थान हासिल गरेको थियो । तर अहिले आएर भने छोटै समयमा यो अलोकप्रियता सहुनपरेको बताइएको छ । 
यसअघि आफैँ मुख्यमन्त्री भएको समयमा दिल्ली प्रहरीका विरुद्धमा उहाँले गर्नुभएको आमरण अनशन र उहाँले मुख्यमन्त्री भएको केही महिनामा नै भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भनी दिएको राजिनामा पछि केजरीवाल केही आलोचित पनि बन्नुभएको थियो । 
तर पनि पछि आएर उहाँले आफुले वास्तवमै भ्रष्टाचार निवारणका लागि काम गरेकोले यसका लागि नयाँ दिल्लीजस्तो राजधानी सहरका नागरिकको सहयोगको अपेक्षा गर्नुभएको थियो । 
सो निर्वाचनअघिका हालैका सर्वेक्षणहरुमा पनि आम आदमी पार्टीले बहुमत ल्याउने परिणामहरु सार्वजनिक भएका थिए । तर भारतीय जनता पार्टीले भने यो स्तरमा हार व्यहोर्नुपर्ने अनुमान गरेको थिएन ।
गत शनिबार सम्पन्न सो विधान सभाको निर्वाचनको मतगणना मङ्गलबार बिहान मात्र सुरु भएको हो । अहिलेसम्म मतगणना जारी नै रहेको भएपनि आम आदमी पार्टीले प्रचण्ड बहुमत हासिल गर्ने स्पष्ट नै भइसकेको छ । 
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आम आदमी पार्टीका प्रमुख अरबिन्द केजरीवाललाई बधाई दिनुभएको छ । 
आम आदमी पार्टीले प्रचण्ड बहुमत हासिल गरी नयाँ दिल्लीमा सरकार गठन गर्ने स्पष्ट भएपछि उहाँले केजरीवाललाई फोन गरी बधाई दिनुभएको बताइएको छ । 
भारतीय टेलिभिजनहरुले सो समाचार प्रशारण गरिरहेका छन् । प्रधानमन्त्री मोदीले आम आदमी पार्टीको अचम्मको प्रभावकारिता रहेको भन्दै बधाई दिनुभएको जानकारी दिइएको छ । 
साथै उहाँले देशको राजधानी नयाँ दिल्लीमा सरकार निर्माणका लागि आवश्यक सबै सहयोग गर्न आफू र भारतीय सरकार तयार रहेको जानकारी पनि सो अवसरमा दिनुभएको थियो । 
आम आदमी पार्टीका प्रमुख अरबिन्द केजरीवालले यो जितलाई जनताको जित भन्नुभएको छ । उहाँले मङ्गलबार नयाँ दिल्लीमा सञ्चारमाध्यमलाई दिनुभएको प्रतिक्रियामा सो धारणा राख्नुभएको हो ।
मङ्गलबार बिहान भारतीय सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो– यो जनताको जित हो, मलाई जनताले भारतमा सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने कामका लागि विश्वास गरेका छन् । 
उहाँले आफ्नो पहिलो प्राथमिकता भारतमा कामका लागि सरकारी र गैरसरकारी क्षेत्रमा नै घुस र कमिसनको अवस्थाको निवारण गर्नु रहने पनि उहाँले बताउनुभयो । 
साथै भारतीय राजनीतिमा कायम रहेको वंशको राजनीतिको पनि आफूले अन्त्य गराइछोड्ने प्रतिबद्धता पनि उहाँले दिनुभएको छ । 
यसैबीच अरबिन्द केजरिवालले फेब्रवरी १४ तारिखमा मुख्यमन्त्रिको सपथ लिने कार्यक्तम रहेको भारतीय संचारमाध्यमहरुले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट