News Category 2071/10/29

६ वटै क्षेत्रमा प्रशिक्षण सम्पन्न

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २८ माघ । 
३० दलिय संयुक्त संघिय गठबन्धन मार्चाले बुधबार संसदीय क्षेत्र नः ५ अन्तर्गत सप्तरीको  शम्भुनाथ नगरपालिकास्थित चारुना अस्पतालमा अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । यो सँगै मोर्चाले सप्तरीको ६ वटै क्षेत्रमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 
एकिकृत नेकपा माओवादी, मधेशवादी दलसहितको ३० दलिय संयुक्त मोर्चाले पहिचानसहितको संघियता र संघियता सहितको सहमतिय संविधान जारि गर्नु पर्ने माग गर्दै प्रशिक्षण सम्पन्न गरेको छ । 
३० दलिय संयुक्त संघिय गठबन्धनद्वारा क्षेत्रिय स्तरीय क्षेत्रका सम्पूर्ण अगुवा नेत्तुत्व र कमान्डरहरुलाई प्रशिक्षणमा एमाओवादी सभासद अमर मंडलले प्रतिगामिको विरुद्ध देशको अग्रामि परिवर्तन हेतु आन्दोलनमा जुटन अह्वान गर्नुभयो । 
आन्दोलन समितिका अध्यक्ष छेदी चौधरीको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा मधेशी जनअधिकार फोरम नेपालकी सभासद् लक्ष्मी चौधरी, फोरम लोकतान्त्रिककी रमणी देवी राम र डा. सुवोध पोखरेलले प्रशिक्षण दिनुभएको थियो । 
यसअघि ३० दलिय मोर्चाले सप्तरी क्षेत्र नं. १ को कंचनरुप नगरपालिकामा, २ को भारदहमा, ३ को राजविराजमा, ६ को बोदेबर्साइन र क्षेत्र नं. ४ को पत्थरगाढामा  अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिइसकेको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट