News Category 2071/11/01

प्राथमिकताको आधारमा सहमति गर्न बामपन्थी नेता बर्माको सुझाव

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ माघ । 
वरिष्ठ वामपन्थी नेता कृष्णराज बर्माले प्राथमिकताको आधारमा सहमति नर्ग सम्पूर्ण राजनीतिक दलहरुलाई सुझाव दिनुभएको छ ।
वर्तमान अवस्थामा मुलुकमा देखिएको असहज परिस्थित बारे मधेशी पत्रकार संघ सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो सुझाव दिनुभएको हो ।  उहाँले सत्ता पक्ष र विपक्षी दलहरुबीच बढेको दुरीलाई समाप्त पार्न प्राथमिकताको आधारमा सहमति नै उत्तम विकल्प बाहेक अन्य कुनै विकल्प नरहेको स्पष्ट पार्नुभयो । नेता बर्माले राजनैतिक दलहरु एक आपसमा दुरी बढाउनुको साटो मुलुकलाई कसरी सम्बृद्ध बनाउने र विकास गर्ने तर्फ अग्रसर हुनुपर्छ भन्ने जिकिर गर्नुभयो । 
नेता बर्माले मुलुकमा प्रतान्त्रवादी र बामपन्थी शक्तिहरु एकमत भए वर्तमान अवस्थामा देखिएका समस्याहरु समाधान गर्न सजिलो हुने धारण व्यक्त गर्नुभयो । विगतमा पनि यी दुई शक्ति एकजुट भएर २०४७ सालको पञ्चायति व्यवस्थालाई समाप्त पारि मुलुकमा प्रजातन्त्र ल्याएको स्मरण गर्दै उहाँले भन्नुभयो, “काँग्रेस र कम्युनिष्टहरु ठूला ठूला आन्दोलन सहकार्य गरेर लड्छन अनि सत्ता पनि प्राप्त गर्छन् तर, त्यसलाई भोग गर्ने बेलामा दुईभागमा बाडिन्छन् ।”
सरल, सर्वभौम र विकसित नेपालको परिकल्पना गरेर मात्र संघीयता बनाउन उहाँले सम्पूर्ण राजनैतिक दलहरुलाई सुझाव दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट