News Category 2071/11/02

राष्ट्रिय हिन्दी सम्मेलन चैत्र २१ र २२ गते राजविराजमा हुने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १ फागुन । 
१४ औं राष्ट्रिय हिन्दी सम्मेलन यस वर्ष चैत्र २१ र २२ गते राजविराजमा भव्यताका साथ मनाउने निर्णय गरिएको छ । 
नेपाल हिन्दी प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष राजेश्वर नेपालीको अध्यक्षतामा शुक्रबार राजविराजमा सम्पन्न हिन्दी अनुरागिहरुको बैठकबाट सो निर्णय गरिएको हो ।
सोही बैठकबाट खुशीलाल मण्डलको संयोजकत्वमा ५१ सदस्यीय सम्मेलन तयारी समिति समेत गठन गरिएको राष्ट्रिय अध्यक्ष नेपालीले जानकारी दिनुभयो । 
उहाँले सम्मेलनमा देशभरीका २ सय भन्दा बढी हिन्दी साहित्यकारहरुको सहभागिता रहने जानकारी दिनुभयो ।
सो बैठकमा पूर्वमेयर जगरनाथ दास, पूर्व सभासद् महेश यादव, वरिष्ठ  पत्रकार अनिल कुमार अनल, प्राध्यापकहरु, अधिवक्ताहरु, मधेश केन्द्रित दलका जिल्ला अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट