News Category 2071/11/03

द्वन्द्वकालीन मुद्दामा यादव पक्राउ अविलम्ब रिहा गर्न एमाओवादी र गठबन्धनद्वारा छुट्टाछुट्टै माग

दैनिक समाचारदाता

राजविराज÷विस्तृत शान्ति सम्झौता विपरित आफ्ना पार्टीका एक जिल्ला स्तरीय नेतालाई सप्तरी प्रहरीले शनिवार पक्राउ गरेको भन्दै एमाओवादीसहित ३० दलीय गठबन्धनले आपत्ती जनाएको छ ।
शनिवार राजविराजमा आयोजित गठबन्धनको केन्द्रीय प्रशिक्षणमा सहभागी भएका सप्तरीको काचन गाविस ७ स्थित भेडयाही निवासी एवं एमाओवादी सप्तरी जिल्ला समितिका सदस्य कामेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले विस्तृत शान्ति सम्झौता विपरित पक्राउ गरेकाले अविलम्ब रिहा गर्न एमाओवादी सप्तरीका संयोजक असर्फी सदा र ३० दलयी गठबन्धनको तर्फबाट प्रवक्ता गजेन्द्र मण्डलले छुट्टाछुट्टै रुपमा माग गरेको हो ।
२०५९ को भदौमा स्थानीय देवनारायण यादवको हत्या मुद्दामा कामेश्वरको नाम रहेकाले उनलाई प्रहरीले पक्राउ गरेको प्रहरी श्रोतको भनाई छ ।
तर, विस्तृत शान्ति सम्झौता मार्फत नेपाल सरकार वा प्रहरीले यस्ता मुद्दाहरुको किनारा लागिसकेको अवस्थामा यसरी एमाओवादी नेतालाई पक्राउ गर्न नहुने एमाओवादीसहित ३० दलीय गठबन्धनको भनाई छ । ‘यो सरासर विस्तृत शान्ति सम्झौताको उल्लंघन हो’, एमाओवादीका केन्द्रीय सदस्य एवं सभासद उमेशकुमार यादवले भन्नुभयो, ‘पक्राउ परेका यादवलाई अविलम्ब रिहा गर्नुपर्ने हाम्रो माग छ ।’

प्रतिकृया दिनुहोस

ताजा अपडेट