News Category 2071/11/04

३० दलिय मोर्चाद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ र धर्ना

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजबिराज, ३ फागुन ।
पहिचानसहितको संघियता र संघियतासहितको सहमतिय संविधान जारि गर्नु पर्ने माग गर्दै एमाओावदी, मधेशवादीसहितका ३० दलिय गठबन्धनले आईतबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना तथा घेराउ गरेको छ ।  
गठबन्धनसँग आवद्ध ३० राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले आईतबार बिहान १० बजेदेखि १ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडी कामकाज ठप्प पारी धर्नामा बसेको थियो । 
जिल्ला प्रशासन कार्यालय अगाडी एमाओवादी क्षेत्र न. १ का सभासद मानपुर चौधरी, २ का अशोक मण्डल अमर, ३ का उमेश कुमार यादव, फोरम लोकतान्त्रिकका सभासदद्वय जितेन्द्र नारायण देव, रमणी राम, एमाओवादीका केन्द्रिय सदस्य रामरिझन यादव, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, जिल्ला अध्यक्ष सुनिल कुमार झा, संघिय समाजवादी पार्टीका केन्द्रिय सदस्य चित नारायण यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य भागवत मण्डल, फोरम नेपालकी केन्द्रिय कोषाध्यक्ष रेणु कुमारी यादव, संघिय समाजवादी पार्टीका केन्द्रिय सदस्य सुरेश सिंह, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, तमलोपाका अध्यक्ष रामप्रित यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष सत्यनारायण यादव, फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह लगायतकाहरुको उपस्थिति रहेको थियो । 
यसअघि ३० दलिय मोर्चाले सप्तरी क्षेत्र नं. १ को कंचनरुप नगरपालिकामा, २ को भारदहमा, ३ को राजविराजमा, ४ को पत्थरगाढा, ५ को शमभुनाथ नगरपालिकाको कठौना बजारमा र ६ को बोदेबर्साइनमा अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको थियो ।  
धर्ना तथा घेराउका कारण जिल्लाका विभिन्न ग्रामिण भेगबाट आएका सयौ सेवाग्राहीहरुको काम प्रभावित भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट