News Category 2071/11/04

ब्रहमाकुमारी राजयोग सेवा केन्दद्वारा होर्डिङ्ग बोर्ड स्थापना

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजबिराज, ३ फागुन ।
महाशिवरात्री पर्वको पूर्व सन्ध्यामा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजमा होर्डिङ्ग बोर्डको स्थापना गरेको छ । 
स्वाबलम्वी, जागरुक, सुसंस्कृत, चेतनशिल, नगरबासीको स्वच्छ, सफा, हरित, समृद्ध राजविराज भन्ने मुल नाराका साथ राजविराजमा सो होर्डिङ्ग बोर्डको स्थापना गरेको हो । 
सो अवसरमा सद्भावना पार्टीका केन्द्रिय सदस्य एवं समाजसेवि हरिकृष्ण प्रसाद सिंह हरिबाबु, ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजकी मुख्य संचालिका भगवति दिदी, समाजसेवि मधुसुदन लाल देव, ब्रहमाकुमार दिपक भाईजी लगायतकाहरुको उपस्थिति रहेको थियो । 
त्यस्तै ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजले महाशिवरात्री पर्वको अवसरमा २१ फिटको शिबलिङ्ग निमार्ण कार्य भईरहेको तथा प्रत्येक वर्ष झै यस वर्ष पनि भव्य रुपमा शिबरात्री मनाउँने ब्रहमाकुमार दिपक भाईजीले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट