News Category 2071/11/05

प्रशासनले जनयुद्धकालीन मुद्दामा यादवलाई गिरप्mतार गरी विस्तृत शान्ति सम्झौताको उल्लघंन गरेको मोर्चाको ठहर

दैनिक समाचारदाता

 दैनिक संवाददाता
राजविराज, ४ फागुन । 
३० दलिय गठबन्धन सप्तरीले गठबन्धनको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एनेकपा माओवादीका जिल्ला सदस्य कामेश्वर यादव सहभागि हुन आईरहेको बखत स्थानीय प्रशासनले जनयुद्धकालीन मुद्दामा उनलाई गिरप्mतार गरी विस्तृत शान्ति सम्झौताको उल्लघंन गरेको ठहर गरेको छ । 
मधेशी जनअधिकार फोरम लोकतान्त्रिक जिल्ला कार्य समिति सप्तरी राजविराजको कार्यालयमा पार्टीका जिल्ला अध्यक्ष सत्य नारायण यादवको अध्यक्षतामा सम्पन्न बैठकले सो निन्दनीय कार्यको भत्र्सना गरेको छ । 
आन्दोलन प्रचार प्रसार समिति सप्तरीका संयोजक गजेन्द्र कुमार मण्डलद्वारा हस्ताक्षरित विज्ञप्तीमा आन्दोलनलाई कमजोर पार्न, राज्य आतंकको यस घटनाप्रति घोर भत्सर्ना गर्दै अबिलम्व रिहाईको माँग गरेको जनाएको छ । 
हस्ताक्षरित विज्ञप्तीमा सहमति, समझदारीलाई वेवास्ता नगर्न सत्तापक्ष र उनका मतियारहरुलाई खबरदारी समेत गराएको छ ।
साथै सो बैठकले केन्द्रिय कार्यक्रम अनुसार फागुन ९ गते बिरोध प्रदर्शन कार्यक्रम राखिएकोले राजविराजस्थित राजरंगशालामा भेला भई कालो पटी र कालो ब्यानरका साथ नगर परिक्रमा गर्दै गजेन्द्र चौकमा बिरोध सभा गर्ने निर्णय समेत गरिएको विज्ञप्ती मार्फत जनाएको छ । 
सम्पन्न बैठकमा सभासदहरु अमर मण्डल, उमेश कुमार यादव, जनपरिचालन समितिका संयोजक शैलेन्द्र प्रसाद साह, आन्दोलन परिचालन समितिका संयोजक सुनिल कुमार झा, एमाओवादीका संयोजक असर्फी सदा, फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादव, तमलोपाका अध्यक्ष रामप्रित यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, संघीय सद्भावना पार्टीका मनोज देव, फोरम गणतान्त्रिकका सचिव अरविन्द यादव सहितको उपस्थितिमा विभिन्न निर्णयहरु गरिएको हो ।           

प्रतिकृया दिनुहोस

ताजा अपडेट