News Category 2071/11/05

आज महाशिवरात्री पर्व मनाइदै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ४ फागुन । 
हिन्दूहरुको महान पर्व शिवरात्री आज भव्यतापूर्वक मनाइदै छ । 
सदरमुकाम राजविराजस्थित हरिनन्देश्वर महादेवसहित शम्भुनाथस्थित शम्भुनाथ मन्दिर, धर्मपुरस्थित धर्मेश्वर महादेवको मन्दिर, घोघनपुर, महदेवा, लालापट्टी, कंचनपुर लगायत बिभिन्न ठाउँमा रहेको शिवालयहरुमा पूजापाठ गर्ने गरिन्छ । 
शिबरात्रीको अवसरमा राजविराजस्थित ब्रह्रमाकुमारी राजयोग सेवा केन्द्रले २१ फिटको शिवलिङ्ग सहितको झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । 
धर्मपुर ८ स्थित भीरमा रहेको उक्त मन्दिरमा हरेक वर्ष हजारौं श्रद्घालु भक्तजनहरुले पूजापाठ गर्ने गर्छन् । महाशिवरात्रीको अवसरमा यहाँ भव्य मेला समेत लाग्ने गर्दछ । 
धारापानी स्थल छेउमै रहेको यो मन्दिर पर्यटकिय दृष्टिकोणले धेरै सुन्दर लाग्ने गरेको छ । यहाँ पुजापाठ तथा मेला गर्नका लागी धर्मपुरसहित जिल्लाको रुपनगर, कञ्चनपुर, बदगामा, बरमझिया, ठेलिया, घोघनपुर, जगतपुर र बकधुवा सहितका बासिन्दाहरु आउने गर्दछन । 
यसैगरी रुपनगर ३ स्थित रहेको त्रिमार्ग शिवालय मन्दिर घोघनपुर बलुवा रहेको भजनेश्वर महादेव र कञ्चनपुर ६ स्थित रहेको शिवालय मन्दिरमा पनि पुजापाठ गर्न भक्तजनहरुको धुँईचो लाग्ने गर्दछयस् । 
भगवान शंकर र पार्वतीको विवाह भएको स्मरणमा यो पर्व मनाइने धार्मिक प्रचलन रहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट