News Category 2071/11/06

एमनेष्टीद्वारा बैदेशिक रोजगार जानुपूर्व अपनाउनु पर्ने शर्तकता सम्बन्धि जानकारी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ५ फागुन । 
एमनेष्टी इन्टरनेशनलले मंगलबार शिवरात्रीको अवसर पारेर राजविराजमा बैदेशिक रोजगारीका लागि जानुपूर्व अपनाउनु पर्ने शर्तकर्ता सम्बन्धि जानकारीमूलक विभिन्न सन्देश प्रवाह गरेको छ । 
एमनेष्टी इन्टरनेशनल समूह ३० राजविराजको समन्वयमा सम्पन्न बैदेशिक रोजगारीमा जाने नेपालीहरुको अधिकार बारेमा जानकारी प्रदान गर्न आयोजित कार्यक्रमको जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत प्रेम कुमार उपाध्यायले जानकारी मुलक प्रचार पम्पलेट वितरण गरेर उद्घाटन गर्नुभयो । 
सो कार्यक्रममा वितरण गरिएको पर्चा पम्प्लेटमा सुरक्षित वैदेशिक रोजगारीमा जानु अगाडी श्रृण, शुल्क, रसिद, करार सम्झौता, तलब लगायतका कुराहरुको बारे जानकारी मुलक संदेशहरु रहेको समूह ३० राजविराजका अध्यक्ष शम्भुनन्दन चौधरीले जानकारी दिनुभयो । 
सो अवसरमा करिब ५ सय जनालाई वैदेशिक रोजगारी बारे सन्देशमूलक पर्चा पम्प्लेट वितरण गरेको समूह ३० राजविराजका कोषाध्यक्ष मनोज कुमार यादवले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट