News Category 2071/11/09

क्रान्ति र आन्दोलनबाट प्राप्त उपलब्धिहरु संस्थागत हुनुपर्छ ः अध्यक्ष ठाकुर

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ८ फागुन । 
तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले विगतमा भएको सहमतिहरुलाई संस्थागत गरेर मात्र संविधान जारि गर्नुपर्ने बताउनु भएको छ । 
तराई मधेश लोकतान्त्रिक पार्टी जिल्ला कार्य समिति सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले क्रान्ति र आन्दोलनबाट जनजाती, मधेशी, मुश्लिम, महिला, थारु लगायतको उपलब्धिहरुलाई संस्थागत गरेर संविधान जारि गर्नुपर्ने बताउनुभयो ।
संविधान कुनै दल, व्यक्ति वा पार्टीको नभएर सम्पूर्ण जनताको हो, त्यसैले सबैलाई समेटेर संविधान जारि गर्नु पर्ने उहाँले जिकिर गर्नुभयो । 
अध्यक्ष ठाकुरले भन्नुभयो, “जनताले दिएको मताधिकारले सरकार बनाउने हो, तर संविधान बनाउने जनादेशबाट हो, जुन जनादेश ३० दललाई छ ।” उहाँले काँग्रेस र एमाले बहुमतको दम्भबाट संविधान बनाउने कुरा जनताले स्विकार नगर्ने स्पष्ट पार्नुभयो । 
संघीयताको सवालमा उहाँले मधेश स्वायत्त प्रदेश हुनुपर्ने बताउँदै विभिन्न समयमा संघीयताले देश बिखण्डन हुने कुरालाई काँग्रेस र एमालेको प्रचारबाजी मात्र भएको दाबी गर्नुभयो ।
यस्तै एक अर्को प्रसङ्गमा उहाँले पूर्वराजा ज्ञानेन्द्र ७ वर्षदेखी सुतेका थिए अब आएर ब्युझिने बित्तिकै आफूसँग भएको सहमतिलाई कार्यान्वय गर्न माग गरेको कुरा हास्यप्रद मात्र भएको बताउनुभयो । 
त्यस्तै मधेश छुट्टै देश हुनुपर्ने २०१७ सालमा समेत माग गरिएको थियो, त्यसपछि सशस्त्र भूमिगत समूहले र अहिले आएर डा. सीके राउतले माग गरेको कुनै नौलो कुरा होइन् यसप्रति सम्पूर्णलाई भ्रममा नपर्न उहाँले आग्रह समेत गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट