News Category 2071/11/12

फलारी बाबाजी महाराजद्वारा महायज्ञको उद्घाटन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ११ फागुन । 
मुलुकमा शान्ति स्थापना गर्ने उद्देश्यले पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा सोमबार श्री सीताराम नामजप महायज्ञको उदघाटन भएको छ । 
महायज्ञ आयोजक समितिका अध्यक्ष उम्देश्वर साहको अध्यक्षतमा आयोजित कार्यक्रममा भारतको बिहारका प्रसिद्ध रामप्रिय फलारी बाबाजी महाराजले होमजप गरेर उद्घाटन गर्नुभयो । 
महायज्ञ संचालनका लागि राधवेन्द्र दास त्यागि जी महाराज पनि सो स्थानमा रहनुभएको थियो । 
यस्तै महायज्ञमा भारतको बृन्दावनस्थित सीताराम आश्रमबाट भजन किर्तन र यज्ञ गर्ने टोली समेत आएका छन् । सो यज्ञमा १ सय ८ किलोको एउटा लड्डु समेत चढाउने आयोजकले जानकारी दिएको छ । यसैगरि यज्ञ स्थलमा ५५ फिटको हनुमानको मूर्ति समेत बनाइएको छ । 
फागुन २० गतेसम्म संचालन हुने सो महायज्ञका लागि एक करोड भन्दा बढी रकम खर्च हुने आयोजकले जनाएको छ भने उक्त रकम स्थानीयहरुले प्रदान गरेको चन्दाबाट प्राप्त भएको अध्यक्ष साहले जानकारी दिनुभयो । 
महायज्ञ हुने समयअवधी भर रामलिला, रासलिला तथा भजन, किर्तन, धार्मिक प्रवचन लगायतका कार्यक्रम चलिरहने जनाइएको छ । सो यज्ञ स्थलमा १ सय ८ मरुवाको निर्माण गरिएको छ । जसमा भक्तजनहरु मरुवामा बसी यज्ञअवधी भर भजन किर्तन लगायतमा सहभागि हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट