News Category 2071/11/13

एमनेष्टीद्वारा बैदेशिक रोजगारी सम्बन्धि जानकारी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १२ फागुन ।
एमनेष्टी इन्टरनेशनलले मंगलबार सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजार संचालन भइहरेको महायज्ञ स्थलमा बैदेशिक रोजगारीका लागि जानुपूर्व अपनाउनु पर्ने शर्तकर्ता सम्बन्धि जानकारीमूलक विभिन्न सन्देश प्रवाह गरेको छ । 
एमनेष्टी इन्टरनेशनल समूह ३० राजविराजको समन्वयमा सम्पन्न बैदेशिक रोजगारीमा जाने नेपालीहरुको अधिकार बारेमा जानकारी प्रदान गर्न उद्देश्यले सो जानकारी प्रवाह गरेको समूह ३० राजविराजका कोषाध्यक्ष मनोजकुमार यादवले बताउनुभयो । 
सो कार्यक्रममा वितरण गरिएको पर्चा पम्प्लेटमा सुरक्षित वैदेशिक रोजगारीमा जानु अगाडी ऋण, शुल्क, रसिद, करार सम्झौता, तलब लगायतका कुराहरुको बारे जानकारी मुलक संदेशहरु रहेको कोषाध्यक्ष यादवले जानकारी दिनुभयो । 
सो अवसरमा करिब ७ सय जनालाई वैदेशिक रोजगारी बारे सन्देशमूलक पर्चा पम्प्लेट वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट