News Category 2071/11/18

सीप सिकेर मात्र युवायुवतीहरुलाई बिदेश जान आग्रह

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १७ फागुन ।
सीप बिना नै यहाँका युवाहरु बिदेशिने गरेकाले सीप सिकेर मात्र युवायुवतीहरुलाई बिदेश जानुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन ।
“सकेसम्म स्वदेशमैं रोजगारी गरौं, बिदेश जाने नै भए सीप सिकेर सुचना लिएर मात्र जाऔं” भन्ने मुल नाराका साथ सुरक्षित अप्रवासन परियोजना सामी र हेल्भेटास स्वीसइन्टरको अपरेशन नेपालको सहयोग तथा सबल नेपालको आयोजनामा राजविराजमा आयोजित सुरक्षित बैदेशिक रोजगारी सम्बन्धि पत्रकारहरुको दुई दिने तालिमको समापन्न समारोहमा सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा कान्तिपुरका पत्रकार दिनेश रेग्मीद्वारा प्रस्तुत तथ्याङ्कमा खासगरी तराईका धनुषा, सिरहा, महोत्तरी र सप्तरी जिल्लाबाट सबैभन्दा बढी युवायुवतीहरु बिदेशिने गरेकाले बिदेशमा सीप बिना बिजोग अवस्थामा पर्ने गरेकाले स्वदेशमै सीप सिकेर मात्र बिदेश जान अनुरोध गरे ।
चालु आर्थिक वर्ष २०७१÷०७२ को माघ महिना सम्मममा सप्तरीबाट २५ जना महिला सहित १३ हजार ५ सय ६७ जना युवायुवतीहरु बैदेशिक रोजगारमा गएको जानकारी दिनुहुँदै उहाँले युवायुवतीहरु बिदेशिए पश्चात १० वर्षमा मुलुकको गरिबी न्युनिकरण हुने तथा युवा रोजगारी जस्ता फाईदाहरु भएको जनाउनुभयो ।
युवायुवतीहरु बैदेशिक रोजगारमा जानुभन्दा पूर्व राजविराजस्थित सुचना केन्द्रमा बैदेशिक रोजगारको बारेमा बिस्तृत रुपमा जानकारी प्राप्त गरेर मात्र बिदेश जान अनुरोध समेत गर्नुभयो । साथै बिदेश जानुभन्दा पहिले युवायुवतीहरुलाई विभिन्न सीप मुलक जानकारी प्रदान गर्नुका साथै बिश्वासिलो एजेन्टमार्फत मात्र जान अनुरोध गर्नुभएको छ ।
राजविराजस्थित जेसिज सभाहँलमा आयोजित सो दुई दिने तालिममा कान्तिपुरका पत्रकार दिनेश रेग्मी, जिल्ला परियोजना प्रमुख देब नारायण चौधरी, सबल नेपालका  परियोजना प्रमुख अशोक साह सहितले सहजिकरण गर्नुभएको थियो ।  
उक्त दुई दिने तालिममा विभिन्न संचारमाध्यमका करिब तीन दर्जन भन्दा बढी सप्तरीका संचारकर्मीहरुको सहभागिता रहेको आयोजक संस्थाका चन्दन कुमार यादवले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट