News Category 2071/11/20

सप्तरीमा स्वाइनप्mलु भित्रिन नदिन कुनै सतर्कता अपनाइएन् सात मध्ये एउटा पनि नाकामा अझ पनि हेल्थ डेस्क राखिएन

दैनिक समाचारदाता

नवीन कुमार÷शुभ नारायण
राजविराज, १९ फागुन । 
छिमेकी मुलुक भारतमा महामारी झै स्वाइनप्mलु फैलिन थालेपछि सप्तरीमा पनि उच्च सर्तकता अपनाईएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले दाबी गरेको छ ।
यता भारतको बिहार राज्य अन्तरगत सात वटा नाकाहरु सप्तरीसँग जोडिएका मध्ये कुनै पनि नाकामा जनस्वास्थ्य कार्यालयले हेल्थ डेस्क राख्न सकेको छैन् । भारतीय सीमा नाका हुँदै नेपाल भित्रिने व्यक्तिका माध्यमबाट स्वाइनप्mलु भित्रिन सक्ने भन्दै निगरानीका लागि सीमा नाकासँग जोडिएको सप्तरीको तिलाठी, बनैनिया, छिन्नमस्ताको गोविन्दपुर, बेल्ही, रामनगर कोदरकटी, भारदह र पातो नाकामा हालसम्म एउटा पनि हेल्थ डेस्क राखिएको छैन् ।
यद्दपी जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बिजय कुमार झाले भारतको बिहार राज्य अन्तरगत कुनौली नाकासँग जोडिएको सप्तरीको तिलाठी गाविसमा हेल्थ डेस्क राखिएको दाबी गर्नुभएको छ । 
यस सम्बन्धमा तिलाठी गाविस अन्तरगत बेल्ही भन्सार सशस्त्र प्रहरीका प्रहरी निरिक्षक प्रमोद प्रकाश पाठकले स्वास्थ्यकर्मीहरुको टोली हालसम्म आफूहरुसँग समन्वय नगरेको जानकारी दिनुभयो । 
उहाँले सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमा क्षेत्रमा कुनै पनि पशुपक्षि ओसार पोसार गरेको देखियो भने त्यसलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायलाई खबर गर्ने काम गरिरहेको बताउँदै भारतबाट नेपाल आउने व्यक्तिमाथी समेत कडा निगरानी गरिरहेको जानकारी दिनुभयो । 
यता जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बिजय कुमार झाले स्वाइनप्mलुका लक्षण, फैलिने तरिका, त्यसबाट हुने क्षति र जोगिने विधिबारे समेत जनचेतनामूलक लगायतका कार्यक्रम सञ्चालन गर्दै आएकोे दाबी गर्नुभएको छ । 
प्रमुख झाका अनुसार सप्तरी जिल्लामा स्वाइनप्mलु भित्रिन नदिनका लागि जिल्लाको सदरमुकाम राजविराजका साथै सीमावर्ती नाकाहरुमा स्वास्थ्यकर्मीलाई पुर्व तयारी अवस्थामा राखिएको छ । उहाँले स्वास्थ्यकर्मीको टोलीले स्वाइनप्mलुको शंका लाग्ने व्यक्तिलाई तत्कालै विशेष निगरानीमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । 
यस्तै सीमा क्षेत्रमा खटिएका सशस्त्र तथा नेपाल प्रहरीहरुसँग सहकार्य गरि सप्तरीमा स्वाइनप्mलु भित्रिन नदिनका विभिन्न जनचेतना फैलाउँनुका साथै सर्वसाधारणहरुलाई सो बारेमा जानकारी समेत प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
देशभर स्वाइनप्mलुको संक्रमित हुनेको संख्यामा १५ जनाभन्दा बढी भएको अनुमान गरिएको छ । विभागले नेपाल भित्रिने भारतीय नाका र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा निगरानीका लागि हेल्थ डेस्कसमेत स्थापना गरेको छ । साथै मातहतका सबै अस्पताललाई छुट्टै बिरामी राख्ने कोठाको व्यवस्था गर्न निर्देशन दिइसकेको छ ।
साधारण रुघाखोकी, नाकबाट पानी आउनु, हाच्छिउँ आइरहनु, ज्वरो आउनु, टाउको एवम् घाँटी दुख्नु, छाती दुख्नु, वाकवाकी लाग्नुजस्ता लक्षण सो रोगमा देखिने जानकारहरुको भनाई छ । 
इन्फलुएन्जा ए एचवान एनवान नामको रोग नै स्वाइनफलु हो । यो सुँगुरमा पाइने रोग भए पनि मानिसमा सरेपछि मानिसबाट मानिसमा सजिलै सर्ने भएकाले पनि सचेत हुनुपर्ने चिकित्सकहरुले बताएका छन् ।
रोग आउनुपूर्व नै पूर्व तयारीका कामहरु गरिएको तथा रोगविरुद्ध दिइने भ्याक्सिन तथा औषधिहरु तयारी अवस्थामा राखिएको छ । स्वाइनफलु संक्रमणले भारतमा सयौं जनाको मृत्यु भईसकेको छ । रुघाखोकी, घाँटी दुख्नु, श्वासप्रश्वासमा समस्या हुनु यसका लक्षण हुन् । यसबाट बच्न मास्क लगाउने आवश्यक सावधानी अपनाउने, भीडभाडमा नजाने र रुघा लाग्नेबितिकै स्वास्थ्य संस्थामा जचाउनुपर्ने चिकित्सकले बताएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट