News Category 2071/11/20

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन महिलासहित ६ जना घाइते

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ फागुन । 
सप्तरीमा सोमबार र मंगलबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन महिलासहित ६ जना घाइते भएका छन् । 
सप्तरीको भारदह कुनौली सडक खण्डस्थित १ नं जोगनिया वडा नं २ मा  भारदहबाट हनुमाननगर आउदै गरेको ट्याक्टरले सोमबार ठक्कर दिँदा एकजना घाइते भएका छन् । 
स १ त ४२२९ नं को ट्याक्टरले सोही दिशाबाट आइरहेको स ५ प ७३७ नं को मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिदा जिल्लाको को. बर्साइन गाविस वडा नं ८ बस्ने २२ वर्षिय श्याम मण्डल घाइते भएका छन् । 
घाइते मण्डलको हनुमाननगरस्थित क्लिनिकमा उपचार भइरहेको तथा मोटरसाइल र ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय हनुमाननगरले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । 
यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कल्याणपुर ३ मा पश्चिमबाट पूर्व जादै गरेको स २ प ६०४७ नं को मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा घाइते भएका छन् भने मोटरसाइकल पुनः ट्रकमा ठोक्किदा त्यसमा सवार श्रीमान श्रमिती समेत घाइते भएका छन् । 
सो ठक्करबाट सप्तरी इनरुवा फुलबारिया ९ बस्ने ४२ वर्षका मो.मुक्तार घाइते भएको प्रहरीले जनाएको छ । साथै उक्त मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ आउदै गरेको ना ३ क २७७३ नं को ट्रकमा पुनः ठोक्किदा मोटरसाइकल चालक सिराहा लाहान नपा १५ का ५२ वर्षिय सिताराम विक र निजकी श्रीमती ५० वर्षीया जुठी विक घाइते भएका छन् । 
घाइते दुबैलाई उपचारका लागि लाहान पठाइएको तथा साईकल यात्रीको स्थानिय किल्निकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यता मोटरसाइकल, साईकल, ट्रक तथा ट्रक चालकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा राखेको छ । 
यसैगरि मंगलबारै कल्याणपुर ३ मा पूर्व जाँदै गरेको को.१६ प ३०६१ नंं. को मोटरसाइकलले पैदल यात्रि कल्याणपुर बस्ने ४५ बर्षीया सुनेर देवी साहलाई ठक्कर दिदा गम्भिर घाइते भएकी छिन् । गम्भिर भएकी साहलाई उपचारका लागि लाहान पठाइएको छ भने मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । 
यस्तै मंगलबारै सप्तरी खोजपुर ८ स्थित राजमार्गमा पश्चिम आउदै गरेको स ३ प ५३४९ नं को मोटरसाइकलले दक्षिणबाट उत्तर आउदै गरेको साईकललाई ठक्कर दिदा साईकल चालक खोजपुर १ निवासी ६५ की झली चौधरी घाइते भएकी छिन् । टाउमा चोट लागि गम्भिर घाइते भएकी चौधरीलाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ । 
यता मोटरसाइकल चालकलाई ईलाका प्रहरी कडरवोनाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट