News Category 2071/11/21

महायज्ञमा ९५ लाख खर्च

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २० फागुन । 
सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा मुलुकमा शान्ति स्थापना गर्ने उद्देश्यले दश दिनसम्म संचालन भएको विश्व कल्याणर्थ श्री सीताराम नामजप महायज्ञ बुधबार सम्पन्न भएको छ ।
महायज्ञ संचालन समितिका अध्यक्ष उम्देश्वर साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राधवेन्द्र दास त्यागि जी महाराजले महायज्ञको सम्पन्न गर्नएुभएको हो । 
महायज्ञ संचालन अवधीभर भारतको बृन्दावनस्थित सीताराम आश्रमबाट आएका भजन किर्तन टोलीले भजन किर्तन गरेका थिए । यज्ञमा १ सय ८ किलोको एउटा लड्डु समेत चढाइएको थियो । यस्तै यज्ञ स्थलमा ५५ फिटको हनुमानको मूर्ति समेत निर्माण गरिएको थियो ।
महायज्ञका लागि एक करोड भन्दा बढी चन्दा संकलन भएको थियो भने त्यसमध्ये ९५ लाख खर्च भएको समितिका अध्यक्ष साहले जानकारी दिनुभयो । 
महायज्ञ अवधी भर रामलिला, रासलिला तथा भजन, किर्तन, धार्मिक प्रवचन लगायतका कार्यक्रम चलेको थियो भने यज्ञ स्थलमा १ सय ८ मरुवाको निर्माण गरिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट