News Category 2071/11/22

फागुन २४ देखी राजविराजमा योग शिविर

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २१ फागुन । 
पतंजली योग समिति सप्तरीको आयोजनामा फागुन २४ गतेदेखी २९ गतेसम्म सप्तरीको राजविराजमा योग शिविर संचालन हुने भएको छ । 
फागुन १४ गतेदेखि आयुर्वेद शिरोमणी आचार्य श्री बालकृष्णजी महाराजद्वारा महाकाली नदीको किनारबाट सुरु गर्नुभएको मेचीमहाकाली योग जागरण यात्रा फागुन २३ गते राजविराजमा आई शिविरमा परिणत हुने जनाइएको छ । 
नेपाल पत्रकार महासंघमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा योग शिविरको तयारी पुरा भइसकेको मिडिया संयोजक रहेका पतंजलि योग साप्ताहिकका किसुनदेव यादवले जानकारी दिनुभयो । 
संयोजक यादवले फागुन २४ गते सप्तरीको राजविराजस्थित राजरंगशालामा आयोजना हुने योग शिबिरको उद्घाटन राष्ट्र सहप्रभारी लवदेव मिश्रले गर्ने जानकारी दिनुभयो । 
फागुन २४ गते देखि २९ गते सम्म संचालन हुने सो योग शिबिर प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म संचालन हुने तथा सो शिबिरमा योग यात्रा केन्द्रिय कार्यालय काठमाण्डौबाट दुई सय योग यात्रीहरु सप्तरीको राजविराजसहित जिल्लाको विभिन्न ग्रामिण भेगहरुमा एउटै समयमा संचालन हुने जनाउनुभयो ।
साथै राजविराजको विभिन्न २७ स्थान र बाँकी जिल्लाको ग्रामिण भेगको ८५ स्थानमा योग शिबिर संचालन हुने जनाइएको छ । 
योग शिबिरका लागि नगरको विभिन्न भागको परिक्रमा पश्चात् जिल्लाको विभिन्न स्थानमा करिब २ सय योग शिबिर समेत आयोजना हुने आयोजक मुल समितिका संयोजक हरीहर चौधरीले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट