News Category 2071/11/22

भारदहमा भागवत महापुराण कथा आयोजना हुने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २१ फागुन । 
ब्राह्मण सेवा सभा तथा कंकालिनी भगवति मन्दिर विकास समिति भारदहको संयुक्त आयोजनामा भागवत महापुराण कथाको आयोजना हुने भएको छ । 
सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरको प्राङ्गणमा चैत्र ७ गतेदेखि नवरात्रीको अवसरमा देवी भागवत महापुराण कथाको आयोजना गरिने जनाइएको छ । 
कंकालनी मन्दिर परिसरमा बिहीबार सम्पन्न बैठकले महापुराणको लागि विभिन्न उपसमिति गठन गरेको छ । 
सो बैठकले पूजापाठ तथा मण्डप निर्माण उपसमितिको संयोजकमा सुशील झा, सम्मान कार्य एवम् निर्णायक उपसमिति संयोजकमा शम्भु झा, प्रचार प्रसार उपसमिति संयोजकमा धर्मपाल राउत र निगरानी तथा स्वयम्सेवक परिचालन उपसमिति संयोजकमा प्रभानन्द मण्डललाई चयन गरिएको छ ।
त्यस्तै सल्लाहकार समितिमा क्रमश मनमोहन झा, मन्दिर विकास समितिका अध्यक्ष गजेन्द्र माझी, कंकालिनी मन्दिरका मूल पूजारी चन्द्रकान्त भारती र जटाघर ठाकुर र कमलानन्द झा रहेका छन ।
सो कार्यक्रममा विभिन्न विधा तथा क्षेत्रमा ख्याति कमाएका सात जनालाई सप्तऋषि सम्मान तथा पाँच जना महिलालाई जानकी सम्मानबाट सम्मानित गरिने निर्णय गरिएको छ ।
सो कार्यक्रमलाई सफल पार्न आग्रह, सप्तरीसँगै मोरंग, सुनसरी, सिरहा, महोत्तरी, धनुषा जिल्लाका भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको प्रचार प्रसार उपसमितिका संयोजक धर्मपाल राउतद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट