News Category 2071/11/24

हात्तिपाईले रोग निवारणको औषधि तीन दिनसम्म निःशुल्क खुवाइने

दैनिक समाचारदाता

राजविराज÷हात्तिपाईले रोग निवारणको औषधि शनिबार सप्तरीमा खुवाइएको छ । शनिबार, आइतबार र सोमबार गरि तीन दिनसम्म सो औषधी खुवाइने कार्यक्रम रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
राजविरावजस्थित गजेन्द्र चौकमा गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका प्रमुख शैलेश झाले उक्त औषधी खाएर कार्यक्रमको उद्घाटन गर्नुभयो । सो कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख बिजय झा, शसस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरिक्षक ह्दयनारायण मण्डल, विभिन्न कार्यालयका प्रमुख प्रतिनिधी, स्थानिय व्यक्ति, संचारकर्मी लगायतले सो औषधी खाएका छन् । 
यस्तै हात्तिपाईले रोग निवारणको औषधि खान सम्पुर्ण जिल्लावासीहरुसँग जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले अनुरोध समेत गरेको छ । 
सन् २०२० सम्ममा बिश्वबाट हात्तिपाईले रोग निवारण गर्ने लक्ष्य अनुरुप पाँचौ पटक सप्तरी जिल्लामा हात्तिपाईले रोग निवारणको औषधि खुवाइएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बिजय झाले जानकारी दिनुभयो । 
यस वर्ष सप्तरीका ६ लाख १९ हजारलाई सो औषधि खुवाउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । 
मानिसको शरीरबाट रोगहरु सरुबाबाट उक्त रोग सर्ने गरेकोले एक पटक हात्तिपाईले रोग लागेपछि यो रोग निको नहुने भएकाले लगातार ६ वर्ष सम्म उक्त रोगको औषधि खानुपर्ने प्रावधान रहेको छ । 
सरसफाईमा कमि भएका मुलुकहरुमा उक्त रोग देखापरेको छ । ७० भन्दा बढी मुलुकमा हात्तिपाईले रोगको लक्षण देखिएको छ ।
नेपालको ६१ जिल्लामा हात्तिपाईले रोग निवारण कार्यक्रम संचालनमा रहेकोल सो औषधि खानबाट कोही पनि नछुट्न सम्पुर्ण सर्वसाधारणहरुसँग जनस्वास्थ्यले अनुरोध गरेको छ । 
नेपालको १३ प्रतिशत रोगीहरु रहेको जानकारी दिनहुँदै तराईका जिल्लाहरुमा २० देखि २५ प्रतिशतमा हात्तिपाईले रोगको परजिवी रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट