News Category 2071/11/25

महिलाकै नेतृत्वमा राज्य पुर्नसंरचना र अधिकार सहितको संविधान निर्माण हुनुपर्नेमा जोड

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २४ फागुन । 
महिलाकै नेतृत्वमा राज्य पुर्नसंरचना र अधिकार सहितको संविधान निर्माण हुनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
राज्यको अग्रगामी पुर्नःसंरचना सहितको महिलामैत्री संविधान निमार्ण गरौं भन्ने मुल नाराका साथ १०५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ३० दलिय गठबन्धन महिला मोर्चा सप्तरीद्वारा आईतबार राजविराजमा आयोजित एक कार्यक्रममा सहभागिहरुले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारी एवं मिथिला राज्य समितिका संयोजक तथा केन्द्रिय सचिवालय सदस्य रुबी कर्णले महिलाहरु अब आप्mनो अधिकारको लागि पछाडी नपर्ने बताउँदै आन्दोलनबाट भएपनि महिलाको अधिकार सुनिश्चितता गर्ने प्रतिवद्धता जनाउनु भयो ।
प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले राज्य व्यवस्थाका लागि महिलाहरुको सहभागिता सराहनिय रहेको बताउँदै महिलामाथि हुने सबै खाले हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । 
त्यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि महिला मंचकी केन्द्रिय कोषाध्यक्ष पुनम यादवले अब मधेशी महिलाहरु आफनो अधिकारका लागि अगाडी नबढेसम्म महिलाको अधिकार सुनिश्चितता नहुने जिकिर गर्नुभयो । उहाँले अब महिलाहरु गाउँ टोलबाट उठेर आप्mनो अधिकारका लागि सडक आन्दोलनमा आउँनुपर्ने जरुरी रहेको बताउँदै त्यसका लागि सम्पुर्ण महिलाहरु एक ठाउँबाट अगाडी बढनुपर्नेमा जोड दिनुभयो । 
३० दलिय गठबन्धन महिला मोर्चा सप्तरीकी संयोजक बिन्दु यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेशी जनअधिकार फोरम नेपालकी महिला इन्चार्ज सुनिता साह, अधिबक्ता दाने चौधरी, रीना चौधरी, महिला सचेतना समाजकी मंजु साह, अखिल नेपाल क्रान्तिकारीकी लक्ष्मी चौधरी, इन्द्रकला यादव, सुशिला दास, अखिल नेपाल टे«ड युनियनका अध्यक्ष केदार देव, राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग, मधेशी पत्रकार संघका अध्यक्ष श्यामसुन्दर यादव, महिला पत्रकारद्वय माला कर्ण, अम्विका दाहाल, मानवअधिकारर्मी उमा पोखरेल लगायतका बक्ताहरुले महिला अधिकार सुनिश्चितताका लागि सम्पुर्ण महिलाहरु एक ठाउँबाट आवाज उठाउँनुपर्नेमा जोड दिनुभयो । 
कविता ठाकुरद्वारा संचालित सो कार्यक्रममा स्वागत मन्तव्य शर्मिला गौतमले ब्यक्त गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट