News Category 2071/11/25

महिलामाथि हुने हिंसा अन्त्यका लागि सम्पुर्ण महिलाहरु अगाडी बढ्नुपर्छ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २४ फागुन । 
महिलामाथि हुने हिंसा अन्त्यका लागि सम्पुर्ण महिलाहरु अगाडी बढनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । 
महिला सुरक्षा दबाव समुह, नारी उत्थान समाज, मैथिली महिला परिषद, कुरिति अन्त्य महिला संजाल सहितको संयुक्त आयोजनामा आईतबार १०५ औं अन्तर्राष्ट्रिय  महिला दिवसको अवसरमा राजविराजमा आयोजित एक कार्यक्रममा सहभागिहरुले सो कुरामा जोड दिएका हुन् ।
महिला तथा बालबालिका कार्यालयकी सुशिला चौधरीको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी बेद बहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्तममा स्थानीय विकास अधिकारी कोमल प्रसाद धमला, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग, पुनम चौधरी, संचार यात्रा नेपालकी करुणा झा, मानवअधिकार हुर्क नेपालकी उमा पोखरेल लगायतका बक्ताहरुले समाजमा रहेका विकृतिहरुलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट