News Category 2071/11/27

न्यायका लागि पीडित महिला भौतारिदै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजबिराज, २६ फागुन ।
आप्mनै हजुर बुबाको नाती अर्थात दाईले गर्भ बोकाएर फरार भएपछि अहिले न्यायको लागि एक पीडित महिला भौतारिरहेकी छिन । 
सप्तरीको मलेठ गाविस ५ निवासी मो.अलि हुसेनकी २० वर्षिया छोरी ममिना खातुन र सोही ठाउँका २३ वर्षिय मो.सदामबिच प्रेम भएको थियो । उनीहरुको प्रेम प्रसङ्गकै क्रममा ममिना गर्भवति भएपछि छोरालाई जन्म दिएको र केही दिन लगत्तै सदाम बैदेशिक रोजगारको शिलशिलामा सउदी अरब पुगेको पीडितले बताएकी छिन ।
सँगै जिउँने बाँच्ने कसम खाएका सदाम बिच बाटोमै छोडेर आफनो श्रीमान बिदेश गएपछि सात महिनाको छोरा सहित अहिले ममिना न्यायको लागि भौतारिरहेकी छिन । 
बच्चा जन्मेपछि सदाम आफुसँग निगाह अर्थात विवाह गर्न तयार हुदाँ हुँदै पनि सदामका बुबा तैयव मियाँ र उनका परिवारजन समेतले आफुसँग निगाह अर्थात बिवाह गराउँन नदिने पक्षमा रहेको तथा पछि आप्mनो श्रीमानलाई बिदेश पठाएपछि अहिले सात महिनाको छोरा मो.नजाम सहित बिच्चलीमा परेको बताईन । 
आफुमाथि भएको अन्यायको लागि जिल्ला अदालतमा नाता कायम र अंश मुद्दा दायर गरेका पछि डिएनए परीक्षणको लागि समेत मुद्दा दायर गर्दा अहिले मुद्दा फैसला हुन नसकेको उनले बताईन । 
पीडितले मंगलबार नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलनको आयोजना गरी आफु पीडित रहेको बताउँदै उनले आफुमाथि न्याय दिलाई दिनको लागि संचारकर्मी, अधिकारकर्मी, नागरिक समाज लगायत सम्बन्धित सबै पक्षसँग अनुरोध समेत गरेकी छिन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट