News Category 2071/11/29

प्रहरीद्वारा हतियारसहित दुई भारतीय पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २८ फागुन । 
सप्तरी प्रहरीले हतियारसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार पत्रकार सम्मेलन गरि पक्राउ परेका  दुबैजनालाई सार्वजनिक गरेको हो ।
सप्तरीको नर्घो गाविस वडा नं. ७ स्थित एक वैवाहिक कार्यक्रममा आएका भारतको बिहार राज्यस्थित मधुवनी जिल्ला लदनिया ग्रामपञ्चायत आन्द्रामन्ट थाना वडा नं. ४ निवासी २४ बर्षिय कैलु प्रसाद साह र सुपौल जिल्ला आसानपुर कुपाहा ग्रामपञ्चायत किसनपुर थाना वडा नं. १ निवासी २१ वर्षीय प्रमोदकुमार साहलाई हतियारसहित प्रहरीले पक्राउ गरेको जनाएको छ । 
पक्राउ परेकाहरु मध्ये कैलु प्रसाद साहको साथबाट ४ राउण्ड गोली, ३ राउण्ड गोलीको खोका, १ थान कटुवा पेस्तोल तथा प्रमोद कुमार साहको साथबाट १ थान कटुवा पेस्तोल र सो मा प्रयोग हुने १५ राउण्ड गोली बिन्दुलीसहित फेला परेको एसपी कर्माचार्यले बताउनुभयो ।
बिआर ०७ एल ८७४५ नम्बरको मोटरसाईकलमा चढी भारतबाट नेपाल प्रवेश गरेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मोटरसाईकल चेकजाँच गर्दा हतियार बरामद भएको सप्तरीका एसपी शिशिर कुमार कर्माचार्यले जानकारी दिनुभयो । 
पक्राउ परेका दुवै जनालाई हाल आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको तथा उनीहरुमाथि हातहतियार खरखजना मुद्दामा चलाईने एसपी कर्माचार्यले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट