News Category 2070/04/04

पुनरावेदन बारमा प्रगतिशीलको बर्चस्व

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ३ साउन ।
पुनरावेदन अदालत बार एसोसिएसन राजविराजको बुधबार सम्पन्न निर्वाचनबाट प्रगतिशिल कानुन व्यवसायी समूहका अध्यक्षसहित बहुमत सदस्यमा विजयी भएको छ ।
बिहीबार बिहान सम्पन्न मतगणनाअनुसार प्रगतिशीलका अध्यक्ष महेन्द्रकुमार चौधरीले १ मतको अन्तरले लोकतान्त्रिक समूहका अध्यक्ष पदका उम्मेदबार बिजय कुमार यादवलाई पराजित गरेका हुन् । चौधरीले ८३ तथा यादवले ८२ मत पाएका छन् ।
यस्तै प्रगतिशिल समूहबाटै उपाध्यक्षमा गजराज पाण्डे र सचिवमा बलरामप्रसाद सिंह विजयी भएका छन् ।
यसैगरि सोही समूहबाट सदस्यमा अम्बिका चौधरी, उमाशङ्कर देव, अनिलकुमार झा, देवनारायण मण्डल र सुकदेव चौधरी विजयी भएको निर्वाचन अधिकृत शिवनारायण चौधरीले जानकारी दिनुभयो ।
लोकतान्त्रिक कानुन व्यवसायी समूहबाट कोषाध्यक्षमा भोगीलाल यादव तथा सदस्यमा दिनेशकुमार सिंह, भूपनारायण यादव, धर्मेन्द्र यादव र लक्ष्मण ठाकुर विजयी भएका छन् ।
यसैगरि केन्द्रीय पार्षदहरुमा प्रगतिशील समूहबाट पाँच र लोकतान्त्रिक समूहबाट चार जनाले विजय हासिल गरेका छन् । प्रगतिशील समूहबाट केन्द्रीय पार्षदमा नवराजकुमार क्षेत्री, सुजितकुमार पोखरेल, जयकुमार गोइत, मनोज देव र देवनारायण यादव (रायपुर) विजयी भएका छन् । लोकतान्त्रिक समूहबाट अशोककुमार झा, देवनारायण यादव (कोसी), देवनारायण यादव (छपकी) र रामजी साह केन्द्रीय पार्षदमा विजयी भए ।
पुनरावेदन अदालत बार एसोसिएसनको बुधबार सम्पन्न मतदानमा १ सय ८७ मतदातामध्ये १ सय ६९ जनाले मतदानमा भाग लिएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट