News Category 2071/12/01

योग शिविर सम्पन्न

दैनिक समाचारदाता

राजविराज÷पंतजली योग समिति नेपालद्वारा राजविराजस्थित रंगशालामा आयोजित योग जागरण शिविर शनिबार सम्पन्न भएको छ । 
योग विज्ञान शिविरका जिल्ला संयोजक गजराज पाण्डेको अध्यक्षता तथा स्थानिय विकास अधिकारी कोमल प्रसाद धमलाको प्रमुख आतिथ्यमा शिविरको समापन गरिएको हो । 
सो कार्यक्रममा योग विज्ञान शिविरका नगर संयोजक बद्रीराज भण्डारी, पंतजली योग समिति सप्तरीका अध्यक्ष रामस्वरुप चौधरी, महिला अध्यक्ष मिठु बस्नेत, यूवा प्रभारी किशोर साह लगायतको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा योग प्रशिक्षक राजकुमार साह र चित्र बहादुर कार्की, महिला योग प्रशिक्षक पपिता चौधरी, कला चौधरी र पत्रकार मनोहर पोखरेल समेतलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । 
सो कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी बेद बहादुर कार्की, मार्गदर्शक थानसिंह भंसाली, समाजसेवी सत्यनारायण शर्मा लगायतले योग बारेमा चर्चा गर्नुभएको थियो । 
यसअघि फागुन १४ गतेदेखि आयुर्वेद शिरोमणी आचार्य श्री बालकृष्णजी महाराजद्वारा महाकाली नदीको किनारबाट सुरु गर्नुभएको मेचीमहाकाली योग जागरण यात्रा फागनु २३ गते शिविरमा परिणत भएको थियो ।
सो शिबिरमा योग यात्रा केन्द्रिय कार्यालय काठमाण्डौबाट एक सय पाँच जना योग यात्रीहरु सप्तरीको राजविराजसहित जिल्लाको विभिन्न ग्रामिण भेगहरुमा एउटै समयमा संचालन भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट