News Category 2071/12/02
एमाओवादीको क्षेत्रिय भेला सम्पन्न सभासद् चौधरीद्वारा संसदीय विकास कोषको योजनाहरु सार्वजनिक
दैनिक संवाददाता
राजविराज, १ चैत ।
एमाओवादी क्षेत्र न. १ को क्षेत्रिय भेला आईतबार सप्तरीको कंचनरुप नगरपालिकामा सम्पन्न भएको छ ।
एमाओवादी क्षेत्र न. १ का क्षेत्रिय संयोजक प्रदीप बस्नेतको अध्यक्षतामा तथा एमाओवादीका केन्द्रिय सदस्य, मधेशी राष्ट्रिय मुक्ति मोर्चाका मोर्चाका महासचिव एवं सप्तरी इन्चार्ज रामरिझन यादवको प्रमुख अतिथिमा आयोजित कार्यक्रममा बिशिष्ट अतिथि सभासदहरु मानपुर चौधरी, अशोक मण्डल, उमेश कुमार यादव लगायतकाहरुले विगत लामो समय देखि पार्टीका नेता तथा कार्यकर्ताहरुलाई एक ठाउँमा भेला गराई अगामी दिनमा पार्टीलाई अझ सुदृढ गरी लग्ने प्रतिवद्धता जनाउँनुभएको छ ।
सो भेलामा पार्टीका डिसीएम, जिल्ला, नगर तथा गाउँ देखि क्षेत्रिय सम्मका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त भेलामा सभासद मानपुर चौधरीले संसदीय विकास कोषको १ करोड रकमको विभिन्न योजनाहरु सार्वजनिक गर्नुभएको छ ।
सभासद चौधरीद्वारा प्रस्तुत योजनाहरुमा शहिद दिलिप चौधरीको स्मारक निमार्ण १ लाख, मावि भगनी मलेठमा ७ लाख, घोघनपुर पिप्रा पुर्वको पौडा खोलामा र नदी नियन्त्रणका लागि १० लाख, पिप्रा पुर्वको पुल निमार्ण १५ लाख, महुली खोला नियन्त्रणको लागि ७ लाख, बन्द्रा खोला अधुरो पुल निमार्णका लागि ७ लाख छुटयाईएको छ ।
त्यस्तै निमावि रतवालाको लागि ७ लाख, मावि सितापुरमा ७ लाख, बकधुवाको डुवा बाँध निमार्णको लागि ७ लाख, डेंगरी खोला पुल निमार्णका लागि ८ लाख, कंचनरुप नगरपालिका ८ स्थित धर्मेश्वर महाबिर मन्दिर र धर्मेश्वर चौक निमार्णका लागि २३ लाख खर्च गरिने जनाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/07 सरोकारबाला एकजुट भए बालविवाह चाडै नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
- 2081/01/07 राससले पायो लालपुर्जा
- 2081/01/07 वार्षिकोत्सवमा सिटिजन बैंकका कर्मचारीद्वारा रक्तदान
- 2081/01/06 सार्वजनिक बिदाका दिनहरुमा पनि नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी सम्बन्धी सेवा प्रवाह हुने
- 2081/01/06 जग्गा कित्ताकाट प्रकृया सुरु गर्न माँग गर्दै ध्यानाकर्षण पत्र
- 2081/01/06 छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला संचालन हुने
- 2081/01/06 दिप प्रज्वलन गरि नेवि संघले मनायो स्थापना दिवस
- 2081/01/04 प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता, बैशाख ५ देखी प्रतियोगिता हुने
- 2081/01/03 मुस्लिम समुदायद्वारा आफ्ना धर्मका प्रर्वतक विरुद्ध भ्रामक प्रचार गरिएको भन्दै कारवाहीको माग
- 2081/01/02 अधिकृत गुरुङ नयाँ वर्षमा कुचो बोकेर मन्दिर–मन्दिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ