News Category 2071/12/03

आन्दोलनमा जाने स्वतन्त्र मधेश गठबन्धनको निर्णय

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २ चैत । 
स्वतन्त्र मधेश गठबन्धनको राजविराजमा सम्पन्न राष्ट्रिय परिषद्को तेश्रो बैठकले विभिन्न निर्णयहरु गरेको छ । 
स्वराज आन्दोलनका प्रथम शहिद जय नारायण पटेलको तस्वीरमा माल्यार्पण तथा मधेशका सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुको सम्मानमा मौन–धारण गर्दै शुरु भएको सो बैठकमा मधेशका विभिन्न जिल्लाबाट आएका सयौ जना सदस्यहरुको सहभागिता रहेको थियो । 
सम्पन्न बैठकमा गठबन्धनले संगठनको विस्तार, प्रतिरक्षा आन्दोलनको प्राप्ति, वर्तमान सामाजिक आदि आन्दोलनमा हाम्रो भूमिका र वर्तमान राजनैतिक विकासको प्रतिक्रियाको विषयमा छलफल गरेको थियो ।
साथै सम्पन्न बैठकले विभिन्न चार वटा विषयमा सदस्यहरुबाट लिखित मतपत्रद्वारा मतदान गरी निर्णय गरिएको जनाएको छ । गठबन्धनले आगामी दिनमा संगठनको विस्तार तीव्र पारी निर्णायक मोड़मा पु¥याउने, जिल्ला परिषदहरु पुनर्गठन गर्ने, समितिहरुलाई पूर्णता दिने र पुन ः प्रचारप्रसार, आमसभा, जनसम्बोधन, कोणसभा लगायतका कार्यक्रमहरु खुला रुपले सुचारु गर्ने निर्णय भएको छ ।
यस्तै प्रतिरक्षा आन्दोलनको तैयारी गर्ने र नेपाल सरकारको दमन जारी रहे गठबन्धन प्रतिरक्षा आन्दोलनमा उत्रने निर्र्णय गरेको छ । 
त्यसैगरी वर्तमान सामाजिक आन्दोलनहरु (जस्तै बेटी बचाऊ आन्दोलन, उखु किसान आन्दोलन आदि) मा समेत मुद हेरी–हेरी गठबन्धनले आफनो सहभागिता र समर्थन जनाउने छ । यस्तै नेपाली साम्राज्यको वर्तमान राजनैतिक विकासलाई केलाउँदा राजनैतिक पार्टीहरुले मधेशको मुद्दा छाड़दै अरु पार्टीमा विलिन हुँदै गरेको, मधेशलाई कैयन् प्रदेशमा बाँट्न सहमत भएको, झापा, मोरंग, सुनसरी, कैलाली र कंचनपुर गरी ५ जिल्लामा जनमत संग्रहको नाममा त्यसलाई पहाड़मा पूर्ण रुपले विलिन गर्ने षडयन्त्र भइराखेको निर्णय गरिएको छ । 
त्यस्तै मधेशीहरुलाई कुनै अधिकार न दिन र दमन गर्न अत्यधिक मात्रामा सशस्त्र प्रहरी र सैनिक मधेशमा परिचालन गरेको, ”दिग्भ्रमण र विभाजन”को नीति नेपाल सरकारले लिँदै मधेशका थारु, राजवंशी, संथाल लगायतका आदिवासी जनजातिहरुलाई अधिकारबाट वंचित गर्न नयाँ षडयन्त्रहरु चालेको निष्कर्ष गठबन्धनको बैठकले निकालेको तथा मधेशलाई खण्डित हुन, पहाड़मा विलिन हुन र आदिवासी–जनजातिहरुको अधिकार हनन हुनबाट रोक्न आवश्यक परे गठबन्धन प्रतिक्रिया आन्दोलन गर्न तैयार रहेको जनाउँदै सोको तैयारीको थालनी पनि गर्ने सर्वसम्मत निर्णय भएको जनाएको छ । 
विगतमा गठबन्धनको जनसम्बोधनका कार्यक्रमको दौरानमा नेपाल प्रहरीले हिरासतमा लिई झुठ्ठो मुद्दा दायर गरेका कार्यकर्ताहरुलाई पनि ”जय मधेश” दोसल्ला ओढाई गठबन्धनका केन्द्रीय संयोजक डा. सी. के. राउतले सम्मान गरेका थिए । 
प्रहरीको हिरासत र यातना भोग्ने सबै कार्यकर्ता तथा शुभचिंतकहरुको साहस र त्यागको प्रशंसा गर्दै तिनीहरुको एक पलको बलिदानी पनि खेर न जाने र सम्पूर्ण मधेश त्यसबाट लाभान्वित हुने तथा तिनीहरुको प्रतिरक्षाका लागि आफू सबै मिली ढटेर अगाडी बढ़ने प्रतिबद्धता डा. राउतले जाहेर गर्नुभएको स्वतन्त्र मधेश गठबन्धनका उप–संयोजक कैलाश महतोले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट