News Category 2071/12/07

लागु औषध सहित तीन पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ६ चैत । 
सप्तरीको सदरमुकाम राजविराज वडा नं. ७ बाट लागु औषध सहित तीन जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । 
वडा प्रहरी कार्यालय राजविराजका इन्चार्ज सई राम नारायण यादवको कमाण्डमा खटिएको प्रहरीले गोप्य सुचनाको आधारमा छापामारी गरी लागु औषध सहित तीन जनालाई पक्राउ गरेको हो । 
भारतको कुनौली बजारबाट खरिद गरी ल्याएको अवस्थामा प्रहरीले राजविराज नगरपालिका ७ निवासी ३५ वर्षिय दिलिप क्षेत्री, सोही ठाउँका ३४ वर्षिय गन्जु भनिने भुवनेश्वर दास र काठमाण्डौ उपमहानगरपालिका ९ बस्ने २५ वर्षिय अशोक श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । 
पक्राउ परेकाहरुको साथबाट डिआईएजेटि ल्याव लागु औषध ५६ वटा, एम्पुल एबिबिओडिटि ५८ वटा र एलयुपिआईजिएसआई नामक लागु औषध ५६ वटा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनीहरुलाई  राजविराज नगरपालिका ७ का दिलिप क्षेत्रीकै घरबाट पक्राउ गर्न सफल भएको तथा पक्राउ परेकाहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट