News Category 2071/12/23

बलात्कारमा सातै जना संलग्न ः पीडित बालिका

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २२ चैत । 
गत चैत १३ गते एसएलसी परीक्षा दिएर घर फर्किन लाग्दा बलात्कारको शिकार भएकी बालिकाले आप्mनो बलात्कारमा सात जनाकै संलग्नता रहेको बताएकी छिन् । 
नेपाल पत्रकार महासंघ सप्तरीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउँदै ती बालिकाले एकजनाले आफूलाई लिएर गएको, तीन जनाले घटना गरेको, एक जनाले फोटो खिचेको र दुई जनाले कोठा बाहिर निगरानी गरेको बताएकी छिन् । 
सुनसरीको हात्तिमुढा निवासी दिपक यादवले मोटरसाइकलमा लिएर गएको, सप्तरीको नर्घो निवासी दिपेश यादवले फोटो खिचेको, राजविराज ३ का शम्भु साह, सप्तरीको मलेठ निवासी फुदिन मियाँ र राजविराज ५ निवासी नवीन दत्तले घटना गरेको तथा सप्तरीकै तेरहौता निवासी जितेन्द्र खंग र राजविराज ५ निवासी कमल साहले बाहिर निगरानी गरेको ती बालिकाले बताएकी छिन् । 
सोही पत्रकार सम्मेलनमा पीडित बालिका परिवारजनले प्रहरीले अहिले पनि जाहेरी लिन नमानेको आरोप समेत लगाएका छन् भने आफूहरुलाई ज्यू ज्यानको खतरा समेत रहेको दाबी गरेका छन् । यद्दपी उनीहरुलाई आफूहरुको शान्ति सुरक्षाको माग गर्दै जिलला प्रशासन कार्यालय सप्तरीमा समेत मौखिक उजुरी दिएको र हुलाक मार्फत लिखित उजुरी प्रशासन कार्यालय दिएको जानकारी दिएका छन् । 
एसएलसी परीक्षा सकिएको दिन चैत १३ गते १६ बर्षीया ती बालिकालाई ‘सेक्स भिडियो देखाउन’ भन्दै बोलाएर राजविराज ५ स्थित एउटा कोठामा लगी सामूहिक बलात्कार गरेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट