News Category 2071/12/24

वकपत्र परिवर्तन गरेकोमा एक महिलालाई तीन हजार जरिवाना

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २३ चैत । 
जिल्ला अदालत राजविराजले वकपत्र परिवर्तन गरेको भन्दै एक जना महिलालाई ३ हजार जरिवानाको फैसला गरेको छ । 
सप्तरीको मधुपटी गाविस १ निवासी राजकुमारी चौधरीलाई जिल्ला न्यायाधिश चन्द्र बहादुर सारुको एकल इजलासले सो फैसला सुनाइएको हो । 
अदालतका श्रेस्तेदार नवराज दुलालका अनुसार सो फैसला “सरकारी मुद्दा सम्बन्धि ऐन २०४९ को दफा २८ बमोजिम” गरिएको हो । 
गत माघ १९ गते बैंकबाट रु. १ लाख रकम झिकेर घरतर्फ जाँदै गरेको अवस्थामा राजकुमारी चौधरीले सो रकम सप्तरीको छिन्नमस्ता गाविस ५ महुवा टोल निवासी २५ वर्षिय पंकज यादव र सोही ठाउँ वडा न. ६ बस्ने २३ वर्षिय सानु राय लुटेको बताएकी थिइन् । तर, अदालतमा उनले आफ्नो लुटिएको रकम भेटिसकेको भनेपछि उनलाई वकपत्र परिवर्तन गरेको भन्दै उक्त जरिवाना फैसला सुनाइएको जनाइएको छ ।
यता, अदालतमा प्रहरीले बुझाएको रु. ९९ हजार र दई थान मोबाइल समेत सरकारी राजश्वमा जम्मा भएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट