News Category 2071/12/25

बन्दकर्ताद्वारा जनस्वास्थ्य कार्यालय सप्तरीको मोटरसाईकल तोडफोड, मालपोतमा ढुङ्गामुढा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २४ चैत । 
एमाओवादीको नेतृत्वमा मधेशवादी दलसहित ३० दलिय मोर्चाले अह्वान गरेको तिन दिने आमहड्तालको पहिलो दिन मंगलबार सप्तरीको जनजीवन पूर्ण रुपले प्रभावित भएको छ । 
बन्दका क्रममा बन्दकर्ताले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको स १ ब ३५५ नम्बरको मोटरसाईकल तोडफोड गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको परिवार नियोजन अधिकृत राजेश मिश्रले मोटरसाईकलमा चढेर कार्यालयतर्फ आउदै गरेको बेला मोर्चाको कार्यकर्ताले मोटरसाईकलमा  तोडफोड गरेका हुन् । 
यसैगरि बन्दकर्ताले जिल्ला मालपोत कार्यालय सप्तरीमा ढुङ्गामुढा गरेका छन् । सो क्रममा एक जना बृद्धालाई चोटपटक लागेको स्थानियहरुले जनाएका छन् । 
यस्तै बन्दका कारण सप्तरीको सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटोदुरीका सवारीसाधनहरु चलेनन् भने पसल, शिक्षण संस्था, बजार बन्द रहेको छ । 
त्यस्तै जिल्लाको राजविराज, सप्तकोशी, शम्भुनाथ, कञ्चनरुप नगरपालिकालगायत ग्रामिण भेगका बजारहरुमा समेत बन्दको प्रभाव परेको छ । यस्तै जिल्लाको पातो, कल्याणपुर, कडरबोना, भारदह, हनुमाननगर, रुपनी, कल्याणपुर, कुशहा, कुनौली बोर्डर, बरही बिरपुर नहर चौक लगायत जिल्लाको ग्रामिण बजार पनि बन्दले प्रभावित भएको छ ।
यसैगरि एनेकपा (मााओवादी)को नेतृत्वमा आन्दोलनरत ३० दलीय मोर्चाले कोटेश्वर–बालकुमारीमा मंगलबार बिहान एउटा ट्याक्सी जलाइदिएको छ । 
सहमतिको संविधान लेखनका लागि दबाब सिर्जना गर्ने जनाउँदै मोर्चाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । त्रिभुवन विमानस्थलमा आफन्तलाई पु¥याएर ललितपुरतर्फ फर्किरहेका हेटौँडा निवासी नीरज बानियाँको बा१ज १८७७ नं को ट्याक्सीमा आन्दोलनकारीले पेट्रोल छर्किएर आगजनी गरेका थिए ।
यात्रु बनेर पाटन अस्पताल जाने भनी ट्याक्सीलाई रोकेर अपरिचित दुई आन्दोलनकारीले बिहान ५ः१५ बजे पेट्रोल छर्केर आगजनी गरेका हुन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट