News Category 2072/01/01

फोरम नेपाल र मलेशियामा कार्यरत एक जिल्लावासीद्वारा अग्निपीडितलाई राहत बितरण

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३० चैत । 
सप्तरीको रम्पुरा मल्हनियाँ गाविसका अग्निपीडितलाई सोमबार मधेशी जनअधिकार फोरम नेपाल र मलेशियामा कार्यरत एकजना सप्तरीवासीले राहत बितरण गरेको छ । 
फोरम नेपाल जिल्ला कार्यसमिति सप्तरीले प्रत्येक अग्निपीडित परिवारलाई एकथान स्टिलको थाल र लोटा बितरण गरेको पार्टी जिल्ला अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिनुभयो । 
पार्टीका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, जिल्ला अध्यक्ष दिनेश कुमार यादव, जिल्ला सदस्य केदार यादव, क्षेत्र नं ३ का कावा अध्यक्ष महेश यादव, सचिव बिरेन्द्र गुप्ता, क्षेत्र नं. ४ का सचिव बिरेन्द्र यादव, कोषाध्यक्ष राजेन्द्र यादव लगायतले अग्निीपीडितलाई सो बितरण गर्नुभएको थियो । 
यस्तै सोमबारै सप्तरीको रम्पुरा मल्हनियाँ गाविस ५ निवासी हाल मलेशियामा कार्यरत हरिवंश यादवले प्रत्येक अग्निपीडित परिवारलाई एक थान साडी, मुरही ४ किलो, गम्छा एक थान, चामल ५ किलो, एक प्याकेट चाउचाउ, नुन एक किलो, तेल एक पाउ, कपी र कलम एक एक थान बितरण गरिएको नेपाली काँग्रेस सप्तरीका जिल्ला सदस्य महेन्द्र यादवले जानकारी दिनुभयो । 
यसैअघि अग्नीपिडितलाई सेभ द सप्तरीको अगुवाईमा सेभ द चिल्डे«नद्वारा आईतबार राहत बितरण गरिएको छ । अग्निपीडित ७८ परिवारलाई प्लास्टिकाको एक थान बाल्टिन, एकथान जग, एक एक थान कराही, स्टीलका प्लेट दुई थान, थाल ६ थान, गिलास ६ थान, कटौरा ६ थान, पन्यु, डाडु, झुल प्रति परिवारलाई एक÷एक थानका दरले बितरण गरिएको छ ।
यस्तै अग्निपीडित बालबालिकालाई पेन्सिल, काँपी, झोला, विद्यालयका पोशाकसहितका शैक्षिक सामग्री पनि बितरण गरिएको छ ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झा, शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराई, सेभ द सप्तरीका अध्यक्ष धु्रव प्रसाद देव, सेभ द चिल्ड्रेनका लहान प्रमुख अरुण कुमार महतो, सेभ द चिल्ड्रेनका वरिष्ट कार्यक्रम संयोजक खिलानाथ निरौला, सेभ द सप्तरीका फिल्ड अधिकृत मनिष कुमार शाह लगायतका व्यक्तिहरु राहत बितरण गर्न त्यहाँ पुग्नु भएको थियो । 
यता अग्नीपीडितलाई पेट दुख्ने, रुखाघोकी र आँखा पाक्ने रोग देखापरेको छ । आगलागीपछि खानपानमा समस्या र खुल्ला आकाशमुनी बस्नुपरेका कारण उनीहरुलाई यो रोगहरु देखापरेको हो । आगलागी भएको दुई दिनसम्म कुनै किसिमको राहत पाउन नसक्दा उनीहरुलाई रोग लागेको जिल्ला जनस्वासथ्य कार्यालयले जनाएको छ ।
शनिबारदेखि सरकारी निकाय र गैर सरकारी संघ–संस्थाहरुले राहत बितरण शुरु गरेको छ । राहत बितरणमा ढिलाई भएकै कारण खानपान र बसाइको अभावमा पेट दुख्ने, रुघाखोकी र आँखा पाक्ने रोग देखापरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
अहिले आगलागीस्थलमा जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीहरुलाई खटाएको छ । त्यस क्षेत्रमा खटिएका रम्पुरा स्वास्थ्य चौकीका इन्चार्ज रामअवतार साह र कोइलाडी स्वास्थ्य चौकीका इन्चार्ज पर्शुराम यादवसहितकाले उनीहरुको उपचार गरिरहनु भएको छ । यादवका अनुसार आईतबारसम्म १ सय २८ जनाको उपचार गरिएको छ । 
सो गाविसमा बिहिबार दिउँसो भिषण आगलागी हुदाँ ७८ परिवारको घर जलेर करोडौको क्षति भएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट