News Category 2070/02/24

जंगली च्याउ खाँदा परिवारका सबै सदस्य बिरामी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २३ जेठ ।
जंगली च्याउ खाँदा सप्तरीमा एकै परिवारका ६ जना सिकिस्त भएका छन् ।
जिल्लाको खोक्सर प्रवाहा गाविस ८ भलुवाही तामाङ टोलका जगत बहादुर तामाङका श्रीमतीसहित तीन छोरा र एक बुहारी सिकिस्त बिरामी भएका हुन् ।
बुधबार साँझ जगतबहादुर जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा परिवारका सबै जना राती १० बजे बिरामी परेको प्रहरीले जनाएको छ ।
५५ वर्षिय तामाङ, उनकी ५० वर्षिया श्रीमती सुनमाया तामाङ, छोरा १८ वर्षका राजकुमार तामाङ, निजका १७ वर्षिया श्रीमती सुनिता तामाङ, ८ वर्षिय छोरा सुमन तामाङ र ६ वर्षका छोरा बिशाल तामाङ जंगली च्याउ खाँदा बिरामी भएको इलाका प्रहरी कार्यालय रुपनीका इन्चार्ज बदन बहादुर प्रधानले जानकारी दिनुभयो ।
तामाङ परिवारको सम्पूर्ण सदस्यको रायपुरििस्थत यूनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट