News Category 2072/01/02

रोकिएन सप्तरीमा आगलागिको घटना गम्हरियामा आगलागीहुँदा सात लाखको क्षति

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १ वैशाख । 
सप्तरीमा आगलागिको घटनामा कमि आउन सकेको छैन् । चैत ११ गते जिल्लाको कंचनरुप नगरपालिका स्थित वडा नं. ६ मा आगलागि भएको थियो जसमा एकजनाको मृत्यु हुनुका साथै ८६ घर जलेर नष्ट भएको थियो । 
यस्तै गत बिहीबार जिल्लाको रम्पुरा मल्हनियाँ गाविसमा आगलागि हुँदा ७८ परिवारको १ सय ६५ घर जलेर नष्ट भएको थियो । 
यसैबीच सोमबारराती जिल्लाको गम्हरिया प्रवाह गाविसमा आगलागी हुँदा रु ७ लाखको क्षति भएको छ । 
गम्हरिया प्रवाह गाविस ९ निवासी रामगुलाव रायको घरबाट एक्कासि सल्केको आगोले निजको दुई छिमेकी मिश्रीलाल रायका तीन घर जलेको छ । 
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगद जिन्सी, भाँडावर्तनलगायतका सरसामान जलेको प्रहरीले जनाएको छ । आगो राजविराजबाट गएको बारुणयन्त्र, स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए । 
यस्तै सोमबार राती नै राजविराज नगरपालिका वडा नं. ४ स्थित श्रीराम काबराको एकवटा टिनको घरमा आगलागि हुँदा १ लाख २५ हजारको क्षति भएको छ । राजविराजस्थित बारुणयन्त्रले सो आगोलाई नियन्त्रणमा लिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट