News Category 2072/01/04

छोरीको हत्या गरियो ः पीडित परिवारजन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ वैशाख । 
राजविराज नगरपालिका वडा नं. ५ हिमालय टोलकी सकुन्तला देवी साहको उनका आप्mनै श्रीमान, छोरा र सासु मिलेर हत्या गरेको  पीडितका परिवारजनले आरोप लगाएका छन । 
नेपाल पत्रकार महासंघ शाखा राजविराजमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा मृतक महिलाकी बुबा सप्तरीको रायपुर गाविस ३ का काशी साह र आमा राजोदेवी साहले यस्तो आरोप लगाएका हुन । 
आयोजित पत्रकार सम्मेलनमा पीडित परिवारले सकुन्तलाको २०६८ सालमा राजविराज ५ निवासी प्रकाश विक्रम साहसँग विवाह भएको थियो । बिवाह भएको केही दिन पछि विभिन्न बहानामा सकुन्तलामाथि विभिन्न हिंसा उनका श्रीमान प्रकाश विक्रम, सौतेला छोरा प्रभाकर साह र सासु इन्द्रमाला देवी साह मिलेर आगो लगाएर हत्या गरेको आरोप लगाएका छन । 
मृतकका बुबाले यसअघि प्रकाशले काठमाडौमा समिता साहसँग प्रेम विवाह गरेको तथा केही वर्षअघि सम्बन्ध बिच्छेद गरेको र सकुन्तलासँगै बस्दै आएको थियो । पछिल्लो पटक भएको घरायसी विवादकै कारण सकुन्तलालाई घरमा लगि आगो लगाएर हत्या गरेको आरोप पत्रकार सम्मेलनमा लगाएका छन । 
पीडितका आमा बुबाले आप्mनो छोरीलाई आगो लगाएर हत्या गरेको तथा प्रहरी प्रशासनले सो घटनालाई हत्या भनि मुद्दा समेत दायर गर्न तयार नरहेको भन्दै उक्त घटनाको बास्तविकता अबिलम्ब छानबिन हुनुपर्ने, मुद्दा दायर हुनुपर्ने, दोषीमाथि कार्बाही नभएमा कडा आन्दोलनमा जाने चेतावनी समेत दिनुभएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट