News Category 2072/01/05

रिंकु राम र बिरखी मरिक महिला हिंसाको शिकार दुबै श्रीमान्, सासु र ससुराबाट कुटिए

दैनिक समाचारदाता

शुभ नारायण यादव
राजविराज, ४ बैशाख ।
मुलुकमा दिनहुँ महिला हिंसाका घटनामा बृद्धि भईरहेको बेला सप्तरीमा पनि महिला हिंसाको घटनामा खासै कमि आएको छैन । 
पछिल्लो पटक सप्तरीमा पनि महिला बलात्कृतदेखि महिलामाथि विभिन्न हिंसाका घटनाहरुमा निकै बृद्धि भएको छ । 
यसैबीच सप्तरीको रायपुर गाविस ९ चमराही टोलकी रिंकु देवी राम र खोक्सर प्रवाहा गाविस ४ हाल शम्भुनाथ नगरपालिकाकी बिरखी देवी मरिक श्रीमान, सासु र ससुराबाट कुटिएकी छिन । 
जिल्लाको छिन्नमस्ता गाविस ३ गोविन्दपुर माईती भएकी २४ वर्षिया रिंकुलाई उनका आप्mनै श्रीमान लाल बहादुर राम र सासु रजनी देवी र ससुरा गुलाब रामले घरायसी विवादका कारण निर्घात कुटपिट गरेको पीडितले बताएकी छिन । 
नयाँ वर्ष अर्थात बैशाख १ गतेका दिन माटो नल्याएको विषयलाई लिएर उनका श्रीमान, सासु र ससुरा समेत मिलेर शरीरभरी बाँसको लठ्ी, मुक्का, थप्पड र खुटले निर्घात कुटपिट गरेको पीडितले आरोप लगाएकी छिन् । 
यसअघि पनि विभिन्न बहानामा आफुलाई श्रीमान, सासु र ससुरा मिलेर पटक पटक विभिन्न बहानामा कुटपिट गर्दै आएको तथा पछिल्लो पटक बैशाख १ गतेमा समेत बिना कारण निर्घात कुटपिट गरेको पीडित रिंकुको भनाई छ । 
चार वर्षअघि ३ लाख दाइजो दिएर आप्mनो छोरीको बिबाह गरेको तथा बिवाह भएको केही दिन पछि आप्mनी छोरीलाई श्रीमान, सासु र ससुरा मिलेर पटक पटक बिना कारण कुटपिट गर्दै आएको पीडितकी आमा बिना देवी रामको आरोप छ । दुई वर्षसम्म आप्mनो छोरी माईतीमै बसेको तथा पछि समाजका बुद्धिजिवीहरुलाई भेला गराएपछि मात्र छोरीलाई राख्न तयार भएको तथा बारम्बार कुटपिट समेत गर्दै आएको आमाको आरोप छ । 
पछिल्लो पटक आप्mनो छोरीलाई उनका श्रीमान, ससुरा र सासु समेत मिलेर निर्घात कुटपिट गरेपछि सख्त घाईते भएकी रिंकुको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार गराई अहिले न्यायको लागि भौतारिरहेकी छिन स्आमा र छोरी ।
विवाह भएको चार वर्ष बितेपनि बिबाह दर्ता, नागरिकता, हालसम्म नबनाई दिएको तथा बिबाह दर्ता र नागरिकता बनाउन भन्दा कुनै ध्यान नदिएको तथा बिना कारण आप्mनो छोरीलाई कुटपिट गर्दै आएको पीडितको भनाई छ । छोराको अर्को विवाह गर्ने तयारीमा रहेका सासु र ससुरा आफुलाई बिना कारण नराख्ने पक्षमा रहेको पीडितले आरोप लगाइन् ।
यसैगरि खोक्सर प्रवाहा गाविस ४ हाल शम्भुनाथ नगरपालिकाकी बिरखी देवी मरिकको पनि यस्तै पीडा रहेको छ । मोरङ्गको लोहचा गाविस ३ माईती रहेकी बिरखीको करिब डेढ वर्ष अगाडी दिनेश मरिकसँग विवाह भएको थियो । तर, विवाह भएको केही महिना पछि बिना कारण ससुरा पक्षले निर्घात कुटपिट गर्दै आएको पीडितको भनाई छ ।
पछिल्लो पटक बिरखीलाई डेढ साता अघि उनका श्रीमान् दिनेश, ससुरा तेतर मरिक र सासु शान्ति देवी मरिकले निर्घात कुटपिट गरेको बताएकी छिन ।
श्रीमान तथा घर परिवारका मानिसलाई नागरिकता, विवाह दर्ता बनाउँन भन्दा आलटाल गर्ने गरेको तथा जे गर्न भनेपछि त्यो नमानेपछि लाठी र झापडले निर्घात कुटपिट गरेको पीडित महिलाको आरोप रहेको छ । कुटपिटबाट घाईते बिरखीले माईती भागेर गएपछि नोवेल अस्पताल विराटनगरमा उपचार गराई अहिले न्यायको लागि भौतारिरहेकी छिन् ।
यसअघि आफु गर्भवति भएको बेला समेत श्रीमान्, सासु र ससुरा मिलेर निर्घात कुटपिट गरेको तथा आप्mनो ९ महिनाको छोरालाई समेत कुटपिट गरी हत्या गरेको पीडित महिलाको आरोप छ । न्यायका लागि अहिले बिरखी संचारकर्मी, अधिकारकर्मी, नागरिक समाज, प्रशासन लगायत सम्बन्धित सबै पक्षसँग सहयोगको लागि अनुरोध समेत गर्नुभएको छ ।
यस्तै महिला अधिकारकर्मी पुनम यादवले महिला माथी हुने गरेको हिंसाप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाप्रति राज्यले चासो दिई दोषिमाथी कारवाही गर्नुपर्ने माग गर्नुभयो । 
यसैबिच पीडित महिलाहरुले आफुलाई न्याय दिलाई दिन माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी समेत दिएकी छिन । यस्तै प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमरियाले महिला कुटपिट सम्बन्धि प्रहरीमा उजुरी आएको जानकारी दिँदै आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट