News Category 2072/01/05

कोशी नदी कटान डुवान पीडित संघर्ष समिति गठन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ४ बैशाख ।
भारत सरकारले कोशी नदीको बाढीबाट क्षति भएका जग्गा र बालीको क्षतिपुर्ति हालसम्म पनि उपलब्ध नगराएको भन्दै सप्तरी, सुनसरी र उदयपुरका जग्गा धनीहरुको सम्पन्न एक बृहत भेलाबाट कोशी नदी कटान डुवान पीडित संघर्ष समिति गठन भएको छ ।
महिदेव प्रसाद चौधरीको संयोजकत्वमा गठित १ सय ११ सदस्यीय संघर्ष समितिको सह संयोजकमा सुनसरीका राजकिशोर मण्डल चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा धर्मलाल उरावँ, दीप नारायण उराँव, फुलमत्ती देवी उराँव, श्याम देवी राय, मो.अयुब मियाँ, सुमरित मेहता, तेतर राम, लीला देवी राय, इर्दिस मियाँ, छेबी लाल झाँगर, डम्बर चौधरी उदयपुर, सरस्वति देवी यादव, पुहुप लाल सरदार, रविन्द्र चौधरी सहित १ सय ११ सदस्यीय संघर्ष समिति चयन गरिएको हो । 
त्यस्तै संघर्ष समितिको सल्लाहकारहरुमा पुर्व सांसद नागेन्द्र झा, पुर्व राज्यमन्त्रीद्वय राम कुमार चौधरी, अनिस अन्सारी, शेखर प्रसाद सिंह, हासिम अंसारी, ई.राम नारायण झा, कपलेश्वर माझी, पारस कुमार यादव, सत्य नारायण मण्डल, रामानन्द झा, रामदेव पण्डित, मो.कासिम अंसारी, कोशी पीडित उत्थान समाजका अध्यक्ष सप्तरी, सुनसरी र उदयपुरका सम्पुर्ण कोशी पीडित रहेको संघर्ष समितिका संयोजक महीदेव प्रसाद चौधरीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट