News Category 2070/04/07

विविध कार्यक्रम गरी का“ग्रेसले मनायो बिपी स्मृति दिवस

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ६ साउन ।
नेपाली काँग्रेसले बिभिन्न कार्यक्रम गरी सप्तरीमा ३१ औं बिपी स्मृति दिवस मनाएको छ ।
नेपाली काँग्रेस निकट बिपी चिन्तक परिषद् सप्तरीको आयोजनामा कल्याणपुर गाविस ३ स्थित गणेशमान सिंह शान्ति बाटिकामा बृक्षारोपण गरिएको छ ।
बृक्षारोपण कार्यक्रमको उद्घाटन गर्नुहुदै नेपाली काँग्रेस सप्तरीका सचिव सबुरलाल साहले महामानव बिपी कोइरालाले वातावरण सुन्दर र समृद्ध बनाउन बृक्षारोपणमा जोड दिदै आएकोले उहाँको उक्त बिचारलाई जिवन्त राख्न बृक्षारोपण कार्यक्रम महत्वपुर्ण भएको बताउनुभयो ।
बिपी चिन्तक प्रतिष्ठान सप्तरीका अध्यक्ष किरण भगतको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति मुक्तिनाथ चौधरी, काँग्रेसका युवा नेता तथा नेविसंघ सप्तरीका पुर्व सभापति अर्जुन प्रसाद साह लगायतले बिपीको बिचार र चिन्तनबाट काँग्रेसीहरु अघि बढ्न नसकेको बताउनुभयो ।
यस्तै बिपी स्मृति दिवसकै अवसरमा आईतवार नेपाली काँग्रेस सप्तरी क्षेत्र नम्बर ५ क्षेत्रिय समितिको आयोजनामा सप्तरीको कदमाहा गाविसस्थित बिपी चौकमा बिपी बिचार गोष्ठी सम्पन्न भएको छ ।
क्षेत्रीय सभापति मुक्तिनाथ चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस सप्तरीका सचिव सबुरलाल साहले बिपीको बिचार र सिद्धान्तलाई आत्मसात गरी अघि बढ्न सकेमात्र मुलुकले निकास पाउने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा काँग्रेस महासमिति सदस्य दिनेश कुमार चौधरी, फत्ते मोहम्मद, किरण भगत, राजकुमार न्यौपाने, क्षेत्र नम्बर ६ का महासमिति सदस्य नमिता चौधरी लगायतले बोल्नुभयो ।
यसअघि कदमाहास्थित बिपीको सालिकमा माल्यअर्पण गरिएको थियो । त्यस्तै बिपी स्मृति दिवसकै अवसरमा नेपाली काँग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय समितिले जिल्लाको तोपास्थित प्राथमिक स्वास्थ्य चौकीको प्राङगणमा बृक्षारोपण गरिएको छ ।
क्षेत्रीय सभापति बद्रीनारायण महात्मान यादवको अध्यक्षतामा सम्पन्न बृक्षारोपण कार्यक्रममा महासमिति सदस्य देवनारायण मण्डल, क्षेत्रीय सदस्य राधेश्याम मण्डल, नथुनी मण्डल, सरोज बिराजी लगायतले बोल्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट