News Category 2072/01/07

सप्तरीको बेल्ही नाका तस्करी मार्गमा परिणत हुँदै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ६ बैशाख । 
विगत केही समय यता सप्तरीको विभिन्न नाकामा चोरी तस्करीमा बृद्धि भएको छ । 
पछिल्लो समयमा सप्तरीको दक्षिणी सिमावर्ती क्षेत्रमा रहेको बेल्ही, मल्हनीया, धाती लगायतका  नाकाहरु तस्करी मार्गको रुपमा परिणत भएका छन् ।
श्रोतका अनुसार, त्यस क्षेत्रमा रहेको तिनवटा प्रहरी चौकीका प्रमुख चौकी तथा सुरक्षा आउट बोर्डर पोष्टका प्रमुखहरुले तस्करहरुसँग प्रत्यक्ष संलग्नता देखाएपछि तस्करीले व्यापकता पाएको हो ।
भन्सार कार्यालयले राजस्व संकलन नीतिमा कडाई गरेकाले तस्करहरुले प्रहरीहरुसँग साठघाठ गरि रातिको समयमा भन्सार छली अबैध रुपमा सरसमान नेपाल भित्रयाउने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानियबासिन्दाका अनुसार, एक पटक मालसमान पार गरे वापत प्रहरीले पाँच हजारदेखि दश हजारसम्म नजराना लिने गरेको दाबी रहेको छ ।    
रातीको समयमा मल्हनीयाबाट दैनिक अबैध रुपले मटितेल, खानेतेल तथा मोटरका पार्टस, लगायतका सरसमानहरु भन्सार छली लैजाने गरिएको छ, तर प्रहरी प्रशासन मुखदर्शक भएर बसिरहेको आरोप स्थानियवासीहरुले लगाएका छन् । 
तर, सो सम्बन्धमा प्रहरी चौकीका प्रमुखहरुले यस क्षेत्रबाट कुनै किसिमको अबैध करोबार नहुने गरेको भन्दै अनभिज्ञता प्रकट गर्दै पन्छिन खोजेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट