News Category 2072/01/09

कुटपिट पश्चात् जन्तको गाडीमा लुटपाट गरेको आरोप

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ८ बैशाख ।
राजविराज नगरपालिका १० डुमरी शिवथानमा दुई पक्षबिच मंगलबार कुटपिट तथा लुटपाट भएको छ ।
राजविराज नगरपालिका वडा नं. २ देखि पुर्व राजविराज १० देखि पश्चिम रहेको पुर्व पश्चिम सडकमा महादेव यादवको खेत नजिक रहेको पुल भत्काई बाटो अवरुद्ध भएको विषयलाई लिएर स्थानीयबासीहरुबिच कुटपिटपश्चात् लुटपाट भएको हो ।
राजविराज नगरपालिका १० डुमरी शिवथान टोलमा सिम्रहा सिग्यौन गाविस ५ का सत्य नारायण यादवको छोरीसँग विवाह कार्यक्रमको भोली पल्ट मंगलबार जयन्ती फर्किने क्रममा कुटपिट र लुटपाट समेत भएको पीडितद्वारा जिल्ला प्रहरी कार्यालयमा दिईएको उजुरीमा उल्लेख छ ।
सोही क्रममा जयन्तीमा प्रयोग भएको को.१ ज १९७७ नम्बरको माइक्रो गाडीलाई रोकि विपक्षी मध्येका भनालाल यादवले जयन्तीको सम्पुर्ण सरसमान लुटनुका साथै कुटपिट गरी गाडीमा तोडफोड समेत गरेको उजुरीमा उल्लेख छ । 
राजविराज नगरपालिका २ बस्ने ५१ वर्षिय भना लाल यादव, सोही ठाउँका २५ वर्षिय हिरा लाल यादव, २१ वर्षिय प्रेम यादव, २२ वर्षिय गुडडु यादव सहित अन्य अपरिचित १०÷१२ जनाको ब्यक्तिहरुले कुटपिट गर्नुका साथै लुटपाट समेत गरेको पीडित सरोज यादवद्वारा प्रहरीमा दिईएको उजुरीमा उल्लेख छ ।
ती युवाहरुको समुहले उक्त पुल मुनि लुकि छुपी बसेका लाठी, फठा, घरेलु हतियार, खुकुरी सहित लिई गाडी घेरी गाडीको सिसा समेत तोडफोड गरी गाडीका चालक हिरनन्दन यादवलाई हातपात गरी कुटपिट गर्नुका साथै रिजर्व वापत पाएको २५ हजार नगद भनालाल यादवले खोसी लिई अन्य ब्यक्तिहरुले बिदाईको सगुन रकम १ लाख ५१ हजार र सुनको चैन १ भरीको १ थान, सुनको अंगुठी आठ आनाको १ थान र डेढ भरीको १ थानको ७८ हजार समेतको नगदी जिन्सी लुटी खोसेको उजुरीमा उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट