News Category 2072/01/10

स्वास्थ्य चौकी साढे एघारमा खुल्छ, २ नबज्दै बन्द हुन्छ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ बैशाख । 
जिल्लाको स्वास्थ्य चौकी गम्हरिया प्रवाहाका कर्मचारीहरुको लापर्बाहीका कारण त्यहाँका सेवाग्राहीहरुमा समस्यामा परेका छन । 
स्वास्थ्य चौकी गम्हरिया प्रवाहा प्रत्येक दिन बिहान ११ बजेर ३० मिनेटमा खुल्ने तथा दिउँसो २ नबज्दै बन्द हुने रवैयाका कारण त्यहाँका सेवाग्राहीहरु उपस्वास्थ्य चौकीबाट लिईने सेवाबाट बञ्चित हुन पुगेका हुन । 
सो स्वास्थ्य चौकीमा एक जना अहेब, दुई जना अनमि, एक जना कार्यालय सहयोगी रहेपनि मंगलबार त्यहाँ करिब ११ बजेर ३० मिनेटमा उपस्वास्थ्य चौकी खुलेको स्थानीय रामविलास रामले जानकारी दिनुभयो । 
स्वास्थ्य चौकीका इन्चार्ज नागेश्वर प्रसाद साह, अनमि पार्वती चौधरी र शान्ति यादवको दरबन्दी रहेपनि अनमि चौधरी ११ बजेर ३० मिनेटमा मात्र उपस्वाथ्य चौकीमा आएको स्थानीयहरुले बताएका छन । 
स्वास्थ्य चौकीका कर्मचारीहरुको यस्तै रवैयाका कारण त्यहाँका दर्जनौ बिरामीहरु औषधि उपचार गराउँनबाट बञ्चित रहेको आरोप स्थानीयहरुको रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट