News Category 2072/01/11

तीन सवारीसाधन ठोक्किदा एकको मृत्यु, दुई गम्भिर

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० बैशाख ।
सप्तरीको शम्भुनाथ नगरपालिका ७ जस्स्थित पूर्वपश्चिम राजमार्गमा बिहिबार बिहान एकैसाथ तिन सवारीसाधन ठोकिदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन ।
पूर्वबाट पश्चिम तर्फ जादै गरेको स. १ त २८४७ नम्बरको ट्याक्टर, बा. २४ प ९९९७ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आइरहेको को. १ च ८४८४ नम्बरको कार एक–आपसमा ठोकिदा दुर्घटना भएको हो । 
दुर्घटनामा मोटरसाईकलका चालक सप्तरीको डिमन निवासी २६ बर्षिय अमित कुमार यादव र मोटरसाईकल पछाडी सवार रायपुर गाविस ७ का २४ बर्षिय लिलाकान्त यादव र कारमा सवार बिराटनगर उपमहानगरपालिका ९ निवासी ४१ बर्षिय गोबिन्द लुइटेल गम्भिर घाईते भएका हुन् । 
घाईते मध्ये रायपुर गाविस ७ का लिलाकान्त यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक छेदीलाल कामतिले जानकारी दिनुभयो । त्यस्तै दुर्घटनामा घाईते मोटरसाईकल चालक यादवको धरान घोपा केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ । भने लुईटेलको स्थानिय युनिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
ओभरटेक गर्ने क्रममा सो दुर्घटना भएको तथा दुर्घटनामा संलग्न तिनवटै सवारी साधन र कार चालकलाई हाल आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कयाणपुरले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार रहेकोले उनको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट