News Category 2072/01/15

भूकम्पको त्रासले स्थानियहरु खाली चौरमा बस्न बाध्य

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १४ वैशाख । 
शनिबारदेखि लगातार आइरहेको महाभुकम्पका कारण सप्तरीको जनजिवन अत्यन्त कष्ठकर बनेको छ । शनिबारसहित आइतबार र सोमबार लगातार आइरहेको भुकम्पको झटकाले सप्तरी सदरमुकाम राजविराजका स्थानियहरु घर छोडेर खुल्ला चौरमा बस्न बाध्य भएका छन् । पटक पटक भुकम्पको झट्का आइरहदा स्थानियहरु त्रसित भएका छन् । 
राजविराजका प्राय सम्पूर्ण टोलवासीहरु आफूलाई पायक पर्ने खुल्ला स्थानमा खानपिन तथा सुत्ने व्यवस्था मिलाएर त्यसतर्फ लागेका छन् । स्थानिय राजरंगशाला, पविमाविको खेलमैदान, राजेदेवी माविको खेल मैदान तथा अन्य खाली चौरहरुमा रातभरि बस्न बाध्य भएका छन् । 
यस्तै भूकम्पका कारण सदरमुकाम राजविराजस्थित कारागारको भवन चर्केको छ भने रंगशालाको पर्खाल समेत भत्किएको छ । यस्तै राजविराज वडा नं. ३ का कमल परियारको घरको कम्पाउण्ड वाल समेत भत्केको छ । 
त्यस्तै  सगरमाथा चौधरी अस्पताल लहानको आँखा उपचार केन्द्र मलेठ ३ सप्तरीको वाउन्ड्रि वाल समेत भुकम्पले भत्केको छ केन्द्रका प्रमुख रामकुमार झाले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट