News Category 2072/01/16

महाभूकम्प सम्बन्धि जनचेतना

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १५ बैशाख । 
मुलुकमा गएको महाभुकम्प सम्बन्धि जनचेतना तथा व्यवहार परिवर्तन सम्बन्धि एक दिने समय सान्दर्भिक कार्यक्रम मंगलबार राजविराजमा आयोजना गरिएको छ । 
राजविराज नगरपालिकाको आयोजनामा आयोजित सो कार्यक्रममा सहभागिहरुले भूकम्पबाट जोगिन सर्वसाधरणहरुलाई सबैभन्दा पहिला भूकम्परहित घर निमार्ण गर्नुका साथै भूकम्पबाट कसरी जोगिने बारेमा जनचेतना फैलाउनु पर्नेमा सुझाव दिएका छन् ।
राजविराज नगरपालिकाका कार्यकारी अधिकृत बिष्णु प्रसाद गुरुङ्गको अध्यक्षतामा आयोजित सो कार्यक्रममा राष्ट्रिय भुकम्प प्राविधिक समाज नेपालका कृष्ण उपाध्यायले राजविराज नगरपालिकाका सयौ जना सर्वसाधारणहरुलाई भुकम्प सम्बन्धि प्रशिक्षण दिनुभएको थियो । 
सो प्रशिक्षणमा राजविराज नगरपालिकाका सम्पुर्ण नगरबासीहरुलाई भुकम्पबाट निर्भय, सजग रहन र नआतिनुका साथै होस नगुमाउन बारेमा प्रशिक्षण समेत दिनुभएको थियो । 
साथै भुकम्पबाट कसरी बाँच्ने, यसको असरहरु, भुकम्परहित घर बनाउँने बारेमा जानकारी समेत नगरबासीहरुलाई दिइएको थियो । यसका साथै भुकम्प आउने बेलामा खुल्ला चउरमा बस्न आग्रह गर्नुका साथै खुल्ला चौरहरुलाई अतिक्रमण नगर्न तथा त्यस्त चौरलाई सफा गर्न, बाटोघाटोलाई फराकिलो पार्ने, ब्यवहारमा परिवर्तन बारेमा प्रशिक्षण दिइएको थियो । 
सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नारायण प्रसाद चिमरीया, सामुदायिक प्रहरी केन्द्रका हित नारायण लाल दास, नगरपालिकाका कर्मचारीका साथै सयौ नगरबासीहरुको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट