भूकम्पबाट पीडितहरुको सहयोगार्थमा राहत संकलन कार्य जारि
Friday, May 01, 2015
दैनिक संवाददाता
राजविराज, १७ बैशाख ।
महाभूकम्पबाट पीडितहरुको सहयोगार्थ सप्तरीमा विभिन्न संघ संस्थाहरुले बिहिबार पनि राहत संकल्न कायलाई यथावत राखिएको छ ।
यसैबिच बिहिबार नेकपा एमाले सप्तरीले समेत जिल्लाको सदरमुकाम राजविराजमा भूकम्प पीडितहरुको सहयोगार्थ राहत संकल्न कार्य शुरु गरेको छ ।
यस्तै संयुक्त लोकतान्त्रिक मधेशी सप्तरी मोर्चाका नेता तथा कार्यकर्ताहरुले सदरमुकाम राजविराजको विभिन्न स्थानमा राहत संकलन कार्य सुरु गरेको मोर्चाका नेता गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार मोर्चाले सदरमुकाम सहित बाहिरका बजार तथा ग्रामिण भेगहरुमा गरि सात दिनसम्म राहत संकल्न गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरी, राजविराज जेसिज, नेपाल मरवाडी युवक परिषद राजविराजको आयोजना तथा सप्तरी उद्योग वाणिज्य संघ, सगरमाथा पेट्रोलियम डिलर्स एशोसिएशन, सप्तरी ईटा ब्यवसायी संघ, सगरमाथा यातायात संघ, सगरमाथा ट्रक ढुवानी यातायात व्यवसायी संघ र निर्माण व्यवसायी संघ संयुक्तको संयोजनमा बिहिबार पनि जिल्लाको विभिन्न स्थानमा राहत संकलन गरेको छ ।