News Category 2072/01/19

लौनियामा आगलागी हुदाँ एक दर्जन घर जलेर नष्ट करिब ३० लाख मुल्य बराबरको क्षति, एक महिला घाईते

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १८ बैशाख ।  
सप्तरीको लौनिया गाविस वडा न. ४ मा शुक्रबार दिउँसो आगलागी हुदाँ एक दर्जन घर जलेर नष्ट हुँदा करिब ३० लाख मुल्य बराबरको क्षति भएको छ । 
गहुँ दाउँन गर्ने क्रममा थ्रेसरबाट स्थानीय चन्द्र नारायण मण्डलको घरबाट अचानक सल्केको आलागिमा परी मण्डलसहित छिमेकी बिन्देश्वर रजक, भरत रजक, भुवनेश्वर रजक, गोसाई रजक सहितको एक दर्जन घर जलेर सो मुल्य बराबरको क्षति भएको प्रहरी चौकी तिलाठीका असय रामभोज यादवले जानकारी दिनुभयो । 
असय यादवका अनुसार आगलागी निभाउँने क्रममा स्थानीय २७ वर्षिया पार्वती देवी रजक सख्त घाईते भएकी छिन । घाईते महिलाको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भईरहेको पीडितका परिवारजनले बताएका छन ।
आगलागी स्थानीयबासी, सशस्त्र र जनपद प्रहरी तथा राजविराजबाट गएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट