News Category 2072/01/19

भूकम्पपीडितलाई राजविराज ल्याउन पाँच बस काठमाडौं प्रस्थान

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १८ बैशाख ।
भूकम्पपीडितहरुलाई काठमाण्डौबाट सप्तरीसम्म निःशुल्क रुपमा ल्याउँनका लागि शुक्रबार साँझ राजविराजबाट पाँच वटा बससहित एक टोली त्यस तर्फ प्रस्थान गरेको छ । 
जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं सप्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न बैठकले गरेको निर्णय अनुसार पहिलो चरणमा पाँचवटा बसबाट काठमाण्डौमा अलपत्र परेका सप्तरीबासीहरुलाई निःशुल्क रुपमा ल्याउनका लागि एक टोली काठमाण्डौतर्फ प्रस्थान गरेको हो । 
सोको ब्यबस्थापनका लागि राजबिराज नगरपालिकाका कार्यकारी प्रमुख विष्णु गुरुङ्गको संयोजकत्वमा आभासेतु सिंह र भिमसेन चौधरी सहितका एक टोली शुक्रबार साँझ काठमाण्डौतर्फ प्रस्थान गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट