News Category 2072/01/20

लौनियाका अग्निपीडित परिवारलाई राहत प्रदान

दैनिक समाचारदाता

राजविराज÷सप्तरीको लौनिया गाविस ४ का अग्निपीडित परिवारलाई शनिबार हेल्प नेपाल नेटवर्क काठमाण्डौको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लब लालापट्टीद्वारा त्यहाँका ५ अग्निपीडित परिवारलाई राहत वितरण गरिएको छ ।  
अग्निपीडित परिवारलाई डेक्चि १ थान, कराई १ थान, पन्यु १ थान, थाल ५ थान, गिलास ५ थान, धोति २ थान, साडी २ थान, अन्य लत्ताकपडा र त्रिपाल १ थान प्रति अग्निपीडित परिवारलाई वितरण गरेको छ । 
सो राहत वितरण समारोहमा क्लबका अध्यक्ष इं. सूर्यनारायण यादव, समाजसेवी सिबु यादव, पत्रकारद्वय शुभ नारायण यादव, बिन्दु यादव, प्रहरी चौकी तिलाठीका असई रामभोज यादव सहितकाहरुको सामुहिक रुपमा त्यहाँका पाँच अग्निपीडित परिवारलाई राहत वितरण गर्नुभयो । 
यसअघि सप्तरीको लौनिया गाविस वडा न. ४ मा शुक्रबार दिउँसो आगलागी पाँच परिवारको एक दर्जन घर जलेर नष्ट हुँदा करिब ३० लाख मुल्य बराबरको क्षति भएको छ । 
गहुँ दाउँन गर्ने क्रममा थ्रेसरबाट स्थानीय चन्द्र नारायण मण्डलको घरबाट अचानक सल्केको आलागिमा परी मण्डलसहित छिमेकी बिन्देश्वर रजक, भरत रजक, भुवनेश्वर रजक, गोसाई रजक सहितको एक दर्जन घर जलेर सो मुल्य बराबरको क्षति भएको प्रहरी चौकी तिलाठीका असय रामभोज यादवले जानकारी दिनुभयो । 
आगलागी निभाउँने क्रममा स्थानीय २७ वर्षिया पार्वती देवी रजक सख्त घाईते भएकी छिन । घाईते महिलाको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भईरहेको छ । 
यसैबीच स्थानिय गोसाई रजकको २ लाख ५० हजार नगद र बिन्देश्वर साफिको २ लाख नगद जलेर नष्ट भएको पीडितहरुले बताएका छन् । उनीहरु दुबैले छोरालाई विदेश पठाउनका लागि सो रकम राखेका थिए ।
आगलागी स्थानीयबासी, सशस्त्र र जनपद प्रहरी तथा राजविराजबाट गएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट